/

स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

270 पटक हेरिएको

विराटनगर, हाम्रो समाज महिला उत्थान संगठन र विराटनगर महानगर पालिकाको सहयोगमा वडा नम्बर ९ नौ का मुस्लिम समुदाय का महिलाहरुलाई जागरूक गर्ने उद्देश्यले आज स्वास्थ्य सचेतना कार्यक्रम गर्दै महिला हरुलाई स्यानिटरी प्या‌ड बितरण गरेको छ ।

बिराटनगर ठाकुरवाडीस्थित सरस्वती माध्यमिक विद्यालयको सभाहलमा भएको उक्त कार्यक्रममा महानगरपालिका स्वास्थ्य विभाग का मिना अधिकारीले सहजीकरण गरेका थिए । महिला स्वास्थ्य संम्बन्धी महिलाहरुमा महिनावारी एउटा प्रकृति प्रक्रिया हो । महिनावारी भएका महिलाले आफ्नो सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यो समयमा थोरै लापरबाहीले पनि महिलाहरूको स्वास्थ्यमा ठुलो असर गर्न सक्छ । कुनै पनि युवतीको विवाह उमेर पुगेपछि मात्र गर्नु पर्ने र बच्चा कम्तीमा २ दुई भन्दा बढी भए शरिरमा नकारात्मक प्रभाव पर्ने हुनाले समय समयमा डाक्टरको सल्लाह लिनु पर्नेमा बिशेष ध्यान दिनु पर्ने अधिकारीले बताए की छिन् ।

महिलाहरुमा हुने मासिकस्राब (महिनावारी) मा आज पनि धेरै महिलाहरुले कपडानै प्रयोग गर्ने पाइएको कारण पनि यस्तो स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम को आवश्यकता परेको हाम्रो समाजका अध्यक्ष अनुप सापकोटा बताउछन ।

कार्यक्रममा सहभागी सबै महिलाहरुलाई हाम्रो समाज महिला उत्थान संगठनका अध्यक्ष रुवैया खातुनले स्यनिटरी प्याड वितरण गरेका थिए।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।