//

तेज बिनोदको डेब्यु पञ्चे बाजा गीत ‘चर्को नबोल’ सार्वजनिक

300 पटक हेरिएको

नेपाली लोकसंगीतका नयाँ आगमन तेज बिनोदको पहिलो गीत “चर्को नबोल” आज हाम्रो ट्युब अफिसियल युट्युब च्यानलबाट रिलिज भएको छ। गीतकारका रूपमा तेज बिनोदको यो डेब्यु प्रस्तुति हो, जसले विवाह सिजनमा पञ्चे बाजाको रौनक थप्ने निश्चित गरेको छ। तेज बिनोद यो गीतमार्फत नेपाली संगीत बजारमा प्रवेश गरेका छन्।

गीतमा शान्तिश्री परियार र प्रकाश पराजुलीको जीवन्त स्वर छ भने संगीत प्रकाश पराजुलीको र संयोजन क्रिष्ण केसीको छ। तेज बिनोदले लेख्नुभएको यो शब्दले विवाहको हल्का-फुल्का माहोललाई जीवन्त बनाएको छ। भिडियोमा सागर लम्साल ‘बले’ र सामिया कार्कीको अभिनय, एकेन्द्र सारा शंकरको निर्देशन र कोरियोग्राफीले दर्शकलाई नचाउने लय दिएको छ।

रिलिजसँगै युट्युबमा ट्रेन्डिङतर्फ उक्लिँदै गरेको यो गीत तेज बिनोदको पहिलो हिट बन्ने संकेत दिइरहेको छ। संगीतका जानकारहरूका अनुसार, यो गीतले तेज बिनोदलाई पञ्चे बाजा शैलीको नयाँ हिटमेकरका रूपमा स्थापित गर्नेछ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।