/

रास्वपाका सांसदले सदन अवरोधको समयको सुविधा नलिने

496 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरोधको समयको सुविधा नलिने भएको छ ।

रास्वपा संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने जानकारी गराएका हुन् ।

“पुनश्चः राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्माननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्दछ,” सभामुखलाई बुझाएको पत्रमा भनिएको छ, “साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्दछ ।”

त्यस्तै, संसद् बैठक नियमित चल्नका लागि पहलकदमी गर्न पनि सभामुखलाई आग्रह गरिएको छ ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।