अल खोरको गाउँबेसी रेस्टुरेन्टले खुवायो चेलीबेटीलाई तीजको दर

318 पटक हेरिएको

अल खोर, कतार – तीजको पूर्वसन्ध्यामा अल खोरमा रहेको गाउँबेसी रेस्टुरेन्टले तीजको दर खाने विशेष कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा विशेषगरी अल खोर वरपर बस्ने नेपाली चेलीबेटीहरूको बाक्लो उपस्थिति रहेको थियो।

साँझ ५ बजेदेखि सुरु भएको यस कार्यक्रममा मौलिक नेपाली गीतहरूमा दर खाँदै नाचगान गरिएको थियो। रेस्टुरेन्टले आफ्ना ग्राहकहरूका लागि नि:शुल्क दरको व्यवस्था गरेको थियो। यस कार्यक्रमले रोजगारीका लागि विदेशमा रहेका नेपाली दिदीबहिनीहरूलाई एक ठाउँमा जम्मा भएर रमाइलो गर्ने अवसर प्रदान गरेको थियो।

गाउँबेसी रेस्टुरेन्टका सञ्चालकहरूले हरेक वर्षजस्तै यस वर्ष पनि नेपाली चाडपर्वलाई जोगाउन र विदेशमा रहेका नेपालीलाई स्वदेशको जस्तो माहोल दिनका लागि यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको बताए। कार्यक्रममा सहभागी महिलाहरूले पनि परदेशमा पनि तीजको यस्तो माहोल पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस कार्यक्रमले घरपरिवारबाट टाढा रहे पनि नेपालीपनको महसुस गराएको बताएका छन्।

मौलिक गीत र मादलको तालमा नाचगान गर्दै रमाइलो गरेर दर खाँदै तीजको स्वागत गरिएको यो कार्यक्रम राति ११ बजेसम्म चलेको थियो

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।