//

विजया दशमीको टीकाको शुभ साइत: नेपालमा ११:५३, कतारमा १०:५३

179 पटक हेरिएको

काठमाडौँ/दोहा – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति, काठमाडौँले यस वर्षको विजया दशमी २०८२ (सन् २०२५) का लागि टीका ग्रहण गर्ने शुभ साइत तोकेको छ। समितिले प्रकाशित गरेको आधिकारिक प्रेस विज्ञप्तिअनुसार नेपाल र खाडी राष्ट्र कतार लगायत विभिन्न देशका लागि स्थानीय समयअनुसारको साइत घोषणा गरिएको हो।

नेपालमा बसोबास गर्ने सनातनी धर्मावलम्बीहरूका लागि टीकाको शुभ साइत असोज १६ गते (अक्टोबर २, २०२५) बिहान ११:५३ बजे निर्धारण गरिएको छ। यो समयअनुसार देशैभरिका हिन्दू धर्मावलम्बीहरूले मान्यजनका हातबाट टीका ग्रहण गर्नेछन्।

त्यसैगरी, ठूलो संख्यामा नेपाली बसोबास रहेको कतारको राजधानी दोहाका लागि भने विजया दशमीको टीकाको शुभ साइत अक्टोबर २, २०२५ (असोज १६ गते) बिहान १०:५३ बजे तोकिएको छ।

समितिले जारी गरेको यो पञ्चाङ्ग निर्णयअनुसार विदेशमा रहेका नेपालीहरूले पनि स्थानीय समयको पालना गर्दै आफ्नो पर्व मनाउन सक्नेछन्। समितिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण धर्मावलम्बीहरूमा विजया दशमीको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।