/

कतारमा लुम्बिनी प्रदेश समन्वय परिषद्को आठौं स्थापना दिवसको अवसरमा “रक्तदान” कार्यक्रम

26 पटक हेरिएको

दोहा, कतार – १३ जनवरी २०२६ । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारले आफ्नो आठौं स्थापना दिवसको अवसरमा विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

मानवीय सेवालाई प्राथमिकतामा राख्दै परिषद् तथा अन्तर्गतका जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा र नेपाली रक्तदाता संघ कतारको समन्वयमा हुने यो कार्यक्रममा कतारवासी नेपालीहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ ।

परिषद्ले स्थापना कालदेखि नै विभिन्न संघ-संस्थासँग सहकार्य गर्दै सामाजिक तथा मानवीय कार्यहरू गर्दै आएको छ । यसपटक आठौं स्थापना दिवसलाई जीवनदानको पुण्य कार्यसँग जोडेर विशेष बनाइएको परिषद्का अध्यक्ष सजन लौडारी बताएका छन् ।

कार्यक्रम विवरण :

  • मिति : १६ जनवरी २०२६ (शुक्रबार)
  • स्थान : हमद अस्पताल, रक्त संकलन केन्द्र
  • समय : बिहान ८:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म

रक्तदानका लागि योग्यता :

  • उमेर १८ देखि ५५ वर्ष
  • तौल कम्तीमा ५० केजी
  • कतार प्रवेश गरेको ६ महिना पूरा
  • अघिल्लो रक्तदान गरेको भए २ महिना (६० दिन) पूरा
  • पछिल्लो २४ घण्टामा मदिरा/मादक पदार्थ सेवन नगरेको
  • स्वास्थ्य जाँच रक्त संकलन टोलीले गर्नेछ

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।