काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगर पालिका भित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने भएका छन् । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा सीतालाई भारतकी छोरी भएको वाक्यांश राखिएपछि महानगरपालिका प्रमुखले उक्त भाषा नसच्याइएसम्म कुनै पनि हिन्दी चलचित्र चल्न नदिने बताएका हुन् ।
सामाजिक संजाल फेसबुकमा लेख्दै स्बाटाटस लेक्लेदै बालेनले उक्त भाषा सच्याउन तीन दिनको समय दिएका छन् ।
उनले फेसबुकमा एस्तो लेखेका छन् ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस् ।’