केन्टकी (अमेरिका) । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, अमेरीकाको अध्यक्ष पदको प्रत्यासी डा. अर्जुन बन्जाडेको चुनाबी सभा तथा भेटघाट कार्यक्रम हिजो आईतबार लेक्जीन्टंग केन्टकीमा भब्यताको साथ सम्पन्न भएकोछ।
उक्त कार्यक्रममा डा. बन्जाडेले एनआरएनए आईसीसीमा हालै भएको सहमतीलाई स्वागतयोग्य भन्दै सम्पूर्ण एनआरएन हरूको एकताबाट मात्रै एनआरएनएको अभियान सफल हुने कुरा बताए। उक्त कार्यक्रममा उनले आफ्ना चुनाबी एजेन्डाहरूका बारेमा बिस्तृतमा रूपमा छलफल गर्नुका साथै सर्बसाधारणहरूबाट उठाईएका प्रश्नहरूको उत्तर दिए।
लेक्जीन्टंग केन्टकीका स्थानीय अत्यन्त मिलनसार एवं योग्य एनआरएनए अभियन्ता डिलु पराजुली पनि अध्यक्ष पदका प्रत्यासी भईरहेको अबस्थामा तपाईलाई किन भोट दिने भन्ने एक सर्बसाधारणको प्रश्नको उत्तरमा डा. बन्जाडेले डिलु पराजुलीले एनआरएनए प्रति दिनुभएको योगदानको प्रशंसा गर्दै एनआरएनए एक अभियान भएकोले यसमा सबैको आ-आफ्नो ठॉउबाट आफ्नो योग्यता अनुसारको सकेको योगदान दिनु पर्ने बताए। उनले थप प्रष्ट पार्दै एनआरएनए अमेरीका प्रति दुबै उम्मेदवारले बिगतमा दिएको योगदानको उचित मुल्यॉकन गर्दै भबिश्यमा संस्थाको प्रगतीको लागी प्रस्तुत गरेका दृष्टीकोण र कार्ययोजनाको तुलनाको आधारमा दुईजना मध्ये कुनै एक जनालाई चुन्ने अधिकार सर्बसाधारणलाई नै भएको कुरा बताए।
उक्त कार्यक्रममा एनआरएनए अमेरीकाका निबर्तमान बोर्ड अफ डायरेक्टरद्वय सत्य नारायण चौधरी र क्षत्र गुरूंगले आफूहरू एनआरएनए आईसीसीको सदस्य पदको प्रत्यासी रहेको कुरा बताउदै आईसीसी र एनसीसीको सम्बन्धलाई अझ सुधार बनाउन प्रयासरत रहने प्रतिबद्धता ब्यक्त गरे।
डा. बन्जाडेको समुहबाट बरिष्ठ उपाध्यक्षका उम्मेदवार बिकाश उप्रेती, उपाध्यक्षका उम्मेदवार नेत्र पाण्डे, सचिबका उम्मेदवार दिपक सापकोटा, सह-कोषाध्यक्षका उम्मेदवार दिवाकर पाण्डे, बोर्ड अफ डायरेक्टरका उम्मेदवारद्वय सुभाष अर्याल र संजय सिंहले डा. बन्जाडेको एजेन्डाहरू नै आफ्नो एजेन्डा भएको बताउदै पुरै टिमलाई जिताउन आह्वान गरे।
उक्त कार्यक्रममा केन्टुकी च्याप्टर सचिव अर्जुन न्यूपानेले च्याप्टरले बिगत दुई बर्षमा गरेका कामहरूको उल्लेख गर्दै आफू च्याप्टर अध्यक्षको प्रत्यासी रहेको जानकारी गराउदै सहयोगको आह्वान गरे। एनआरएनए केन्टुकी च्याप्टरका सल्लाहकार एक नारायण सुबेदीको अध्यक्षतामा सम्पन्न उक्त चुनाबी सभामा अर्का सल्लाहकार मोहिनी डुम्रेले स्वागत मन्तब्य राखेका थिए।
एनआरएनएका क्षेत्रिय सह-संयोजक पुरषोत्तम बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन ओएनएफ केन्द्रिय सदस्य घनश्याम खनालले गरेका थिए। प्रमुख अतिथी डिआरसी बोहराले एनआरएनए एनसीसी, एनसीसी र च्याप्टरले एक आपसमा मिलेर काम गरेमा मात्र एनआरएनए अभियान सफल हुने कुरा बताउदै सम्पूर्ण उम्मेदवारहरूलाई बिजयको शुभकामना दिए।
एनआरएनए आईसीसी सदस्य शशी चन्द्र अधिकारी, एनआरएनए केन्टुकी च्याप्टर अध्यक्ष केशब लोहनी, ओएनएफ उपाध्यक्ष गोपाल कंडेल, ओएनएफ केन्टुकी च्याप्टर अध्यक्ष टेकराज भट्टराई लगायत अन्य समाजसेबीहरूले उम्मेदवारहरूलाई बिजयको शुभकामना दिएका थिए।
डा. बन्जाडेको अर्को चुनाबी सभा शनिबार जुन २४, २०२३ मा लस एन्जलस् क्यालिफोर्नियामा हुने भएकोछ।