//

टाइटनिकको अवशेष हेर्न गएको पनडुब्बी चार दिनदेखि बेपत्ता

240 पटक हेरिएको

लन्डन — टाइटनिकको अवशेष हेर्न पाँच यात्री बोकेर एटलान्टिक महासागरमा गएको पनडुब्बी चार दिनदेखि बेपत्ता भएको छ । गत आइतबार यात्रा सुरु गरेको १ घन्टा ४५ मिनेटमा नै पनडुब्बीको आफ्नो जहाज पोलार प्रिन्ससँगको सम्पर्क टुटेको थियो ।

विशेषज्ञले सोमबार पनडुब्बीमा चार दिनका लागि मात्र अक्सिजन बाँकी रहेको अनुमान गरेका छन् । टाइटनिकको अवशेष क्यानडाको न्युफाउन्डल्यान्डस्थित सेन्ट जोन्सको दक्षिणतर्फ ४३५ माइल गहिराइमा छ ।

यद्यपि, पनडुब्बीको खोजी अमेरिकाको बोस्टनबाट चलिरहेको छ । ओसियन गेट कम्पनीले पाकिस्तानी मूलका अर्बपति शहजादा दाउद, उनका छोरा सुलेमान दाउद, बेलायतका अर्बपति व्यवसायी हामिस हर्डिङ, फ्रेन्च एक्स्प्लोरर पल अनरी नर्जलेट र स्कटल्यान्डका रस भीलाई यात्रामा लगेका थिए ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।