दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए ) कतारको कोषाध्यक्ष पदमा सुदर्शन भण्डारीले उम्मेदवारी दिने भएका छ्न । सामाजिक सन्जाल फेसबुक मार्फत, आगामी कार्यकाल २०२३-२०२५ को लागि कोषाध्यक्षमा पदमा उम्मेद्धवारी दिन लागेको भण्डारीले घोषणा गरेका हुन ।
कानुनका बिद्यार्थी समेत रहेका भण्डारी ले एम ए सम्मको अध्ययन पुरा गरेर ८ बर्ष देखि कतारमा कार्यरत छन् l लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशील रहँदै भण्डारी हाल मानव सेवा आश्रम कतारको कोषाध्यक्ष पदमा रहेर काम गरिरहेका छन l
भण्डारीले एन आर एन ए लाई श्रमिक मंत्री बनाउन पर्ने आफ्नो धारणा सहित आफ्नो केहि चुनाबी घोषणाका साथ आफ्नो उम्मेदवार दिएका छन् l कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थालाई बास्तम्मै साझा बनाउन पर्ने उनको धारणा छ l
एन आर एन ए कै इतिहासमा सबैभन्दा बिवादित पक्ष आर्थिक पाटो हो यसलाई सुद्दिकरण गरेर लान सके सस्थाको गरिमा बढ्नेमा पनि भण्डारी ढुक्क छन् l उनले २३-२५ कार्यकालको लागि गैर आबासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद कतारको कोषाध्यक्ष पदमा आफुलाई भोट आफ्नो अमुल्य भोट दिएर बिजयी बनाउन अग्रज ,शुभचिन्तक तथा सहकर्मी साथीहरु साथै कतारबासी सम्पुर्ण एनसिसि पार्सदहरुमा आग्रह गरेका छन् l
भण्डारीको आग्रह जस्ताको तेस्तै
गैरआवसिय नेपाली संघ कतारका २३/२५ कार्यकालको लागि कोषाध्यक्ष पदको लागि उम्मेद्बारी घोषणा।
आदरणीय कतारमा कार्यरत गैरआवासीय नेपाली दाजुभाई तथा दिदिवहिनीहरु, पत्रकार साथीहरु, गैरआवासीय नेपाली संघको अभियानका अग्रज तथा सामाजिक अभियन्ता , बौद्धिक बर्ग, परिषद सदस्यहरु सवैमा न्यानो अभिवादन, नमस्कार
म बिगत ८ बर्ष देखि कतारमा कार्यरत छु। यी ८ बर्षको समय अवधिमा मैले अनेकन नेपाली श्रमिकको समस्या देख्दै आइरहेको छु र ति समस्याका हल के कति प्रभावकारी कार्यान्वयन भैरहेको छ दोहा बासि जनसमुदायलाई प्रष्ट छ। मैले प्रतक्ष या परोक्ष रुपमा समाजलाई गरेका योगदान हजुरहरुलाई अवगतै छ।हाल दोहामा तरङ्गित कोष दुरुपयोगको आरोपबाट दुषित परिषदको कोष सङ्ल्याउन म २०२३-२०२५ कार्यकालको लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु। साथै सम्पूर्ण कतारबासी नेपालीमा मलाई भोट दिनुहुन सहृदय अनुरोध गर्दछु
मेरो उम्मेदवारी के का लागि….
१)कोषमा रहेको रकम अपचलन हुन नदिन र धेरै भन्दा धेरै अर्थ संकलन गरि नेपालमा नै कतारबाट फर्किएका श्रमिकहरुका लागि रचनात्मक क्षेत्रमा लगानीमा प्रोत्साहन दिन।
२)समाजलाई अधिकतम् लाभ उठाउने प्रकृतिका योजना अभ्यासका लागि ।
३)श्रम स्वीकृति लिएर बिदेश गएका हरेक ब्यक्तिको श्रमगत अधिकार सुरक्षित गर्नका लागि।
५)कुनै पनि देशमा बिना तालिम या बिना सिप जाने प्रवृत्ति रोकको माग साथै दलालका बिगबिगी रोक्ने पहल गर्नका लागि।
६) कतारमा दुर्घटनामा परेर समाधान हुन नसकेका समस्यामा केन्द्रित रहेर पहलका लागि।
७) ४०/६० अनुपातमा कोषको रकम बिभाजन गरि कम्तिमा तत्कालीन ५० ब्यक्तिलाइ रोजगार र कम्तिमा ५००० जना लाभान्वित हुने योजना पर्क्षेपणका लागि
५) दुई बर्ष भित्रमा सो योजना नेपालको बिभिन्न जिल्लामा पुर्याइ कम्तीमा १००० जनालाइ रोजगारी,प्रतक्ष र परोक्ष लाखौं मानिसलाई सेवा र राहत प्रदान गर्नका लागि ।
६)तत् संस्थाको चुक्ता पुँजी ५ बर्षमा कम्तिमा १ अर्ब बनाउनका लागि
७)परिषदलाई राजनिति, षड्यन्त्र र किचलो बाहिर राखि समझदारी र सौहार्दपूर्ण वातावरणमा सेवा प्रदान गर्ने सस्थाको रुपमा विकास गर्नाका लागि र
८)परिषदको वास्तविक उदेश्य प्राप्तिको लागि