एनआरएनए कतार:अध्यक्षमा रमेश भट्टको उम्मेदवारी घोषणा

171 पटक हेरिएको

दोहा, कतार :

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सन् २०२३/२५ कार्यकालको लागि एन आर एन ए अभियन्ता रमेश भट्टले आफ्नो उम्मद्वारी घोषणा गरेका छन् । भट्टले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् l

बागलुङमा जन्मिएका भट्ट विगत दुई दशकदेखि कतारलाई कर्मथलो बनाइ विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दे अनवरतरुपमा  समाजिक कार्यमा सक्रिय छन् l संस्थागतरुपमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सन् २०१९-२०२१ कार्यकालमा सदस्य, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सन् २०२१–२०२३ कार्यकालमा निर्वाचन समिति संयोजक, संस्थापक अध्यक्ष, नेपाली यातायात मजदुर संगठन, पूर्वअध्यक्ष बागलुङ सेवा समाज कतार, पूर्वअध्यक्ष नेपाली जनप्रगतीशील मञ्च कतार, महासचिव नेपाली व्यवसायी संघ कतार (हाल) र संरक्षक अन्तर्राष्ट्रिय बागलुङ सेवा समाज (हाल)का रुपमा रहेका छन्

उनले एनआरएनको खस्कँदो गरिमालाई बचाइ राख्दै संस्थालाई पारदर्शी, समावेशी, श्रमिकमैत्री एवम् विश्वसनीय एनसीसी बनाउने प्रतिबद्धतासहित आफ्नो उम्मेदवारी रहेको बताउछन । कतारका सफल व्यवसायीको परिचय स्थापित गरेका भट्टले आफ्नो उम्मेद्वारी किन ? भनेर कारणसमेत सार्वजनिक गरेका छन् ।  

भट्टले कतारमा स्थापित संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, गैरआवासीय नेपाली संघका अग्रज तथा सामाजिक अभियान्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा साथ, सहयोग र समर्थनका लागि अपिल पनि गरेका छन् । 

उनले सामाजिक संजाल फेसबुकमा लेखेको जस्ताको तेस्तै

आदरणीय कतारमा स्थापीत संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूुहरु, गैरआवासीय नेपाली संघको अग्रज तथा सामाजिक अभियानता ज्युहरु, बुद्धिजिवि व्यवसायी, परिषद सदस्य ज्यूहरु, पत्रकार मित्रहरु एवं कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार ।

विगत दुई दशक देखी कतारलाई कर्मथलो बनाई विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दे अनवरत रुपमा समाजिक कार्यमा सक्रिय रहेको सबैमा अवगत नै छ । कतारको सामाजिक संघसंस्थामा आवद्ध भएर नेतृत्व गर्दे प्राप्त गरेको अनुभव लाई नेपाली समुदायको हितमा प्रयोग गर्ने उदेश्य सहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा उम्मेदवारी घोषणा गरेको जानकारी गराउंदछु। एनआरएनको खस्कदो गरिमालाई बचाई राख्दै संस्थालाई पारदर्शी, समावेशी, श्रमीक मैत्री एवं विश्वसनीय एनसीसी बनाउने अभियानमा यहाँहरुको साथ सहयोगको अपेक्षा सहित हार्दिक अनुरोध गर्दछु ।

मेरो उम्मेदवारी किन ?:-

– एनसीसी कतारले गर्ने हरेक क्रियाकलापमा कतारमा स्थापीत सम्पुर्ण संघसंस्था संग समन्वय गरि सामुहिक रुपमा सहकार्य गरेर सम्पन्न गर्न ।

– कतार स्थित नेपाली राजदुतावास संग समन्वय गरि नेपाली श्रमिकहरुको हकहित लाई प्राथमीतामा राखेर श्रमिक विभागलाई थप प्रभावकारी बनाउन ।

– नेपाल सरकारले प्रवासमा रहेका मजदुरको हितको लागि हालै शुरु गरेको श्रमीक कल्याणकारी कोषमा अधिकतम सहभागिता गराउन लागि सचेतना अभियान सञ्चालन गर्न।

– एनसीसी कतारका हरेक गतिविधिलाई मासिक रुपमा र आर्थिक प्रतिवेदन त्रैमासिक रुपमा सार्वजनिक गर्न। संस्थाका पदाधिकारीले आफ्नो कार्यसम्पादनको रिपोर्ट मासिक बैठकमा प्रस्तुत गरि त्यसको समिक्षा गर्न ।

– कतार सरकारको विभिन्न निकायहरु संग संस्थागत सम्बन्धलाई थप मजबुत बनाउदै नेपाली श्रमिकहरुको लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकता दिएर सञ्चालन गर्न।

– नेपालको पहिचान झल्कने नेपाली साहित्य, कला र संस्कृतीलाई कतारमा आयोजना हुने विभिन्न प्लाटपर्फ्महरुमा प्रस्तुत गर्ने र कतारमा रहेका श्रस्टा /कलाकारलाई प्राथमिकता दिन।

– कतारमा रहेका नेपालीहरूबीच आपसी भाईचारा तथा एकताको भावना जगाउन निरन्तर प्रयासरत रहन ।

– हाम्रो समृद्ध सम्पदाको प्रवर्द्धन गर्न नियमित सामुदायिक कार्यक्रम, नेपाली साहित्य, कला, सांस्कृतिक कार्यक्रम साथै नेपालमा मनाईने सबै चाडपर्वहरू सामुदायिक स्तरमा आयोजना गरि परस्पर भातृत्वको बिकास गर्न ।

– कतारमा रहेका नेपाली दाजु-भाई दिदिबहिनिहरुलाई हरेक सामाजिक कार्यमा सक्रिय सहभागि हुनका लागि प्रोत्साहन गर्न साथै सबै नेपालीजनको आवाजहरु गैर आवासीय नेपाली संघ द्वारा सुनिएको सुनिश्चित गर्न।

– कतारमा रहेका नेपाली कामदारहरूका लागि श्रम अधिकार, उचित पारिश्रमिक र जीवनयापनका समस्याहरूलाई सम्बोधन गर्न रोजगारदाताहरू एवं आवस्यकता अनुसार स्थानीय अधिकारीहरू सँग समन्वय गर्न।

– कतारमा रहेका नेपाली श्रमिकहरुका लागि कानुनी मामिलाहरू, रोजगारीका समस्याहरू, स्वास्थ्य सेवा र शिक्षामा सहायताका लागि एक प्रणाली स्थापना गरि निरन्तर सेवामुलक कार्यक्रम संचालन गर्न ।

– सामाजिक सुरक्षाकोष तथा IPO सम्बन्धि कतारमा रहेका नेपाली बैकका प्रतिनिधीहरुसंगको समन्वयमा सचेतना मुलक कार्यक्रम गरि आम श्रमिक हरु को सहभागिता / आबद्दता सुनिस्चितता को लागि प्रयासरत रहन ।

– NRNA NCC र NRNA ICC का अग्रज एवं पुर्व पदाधिकारी बीच संस्थागत हितको लागि समन्वय गरि, मुलत: ICC को बिधान अङ्गीकार गरि अघि बढ्न।

संस्थागत आवद्धता :-

सदस्य :- गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (सन् २०१९-२०२१ कार्यकाल)

निर्वाचन समिति संयोजक :- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (सन् २०२१–२०२३ कार्यकाल)

संस्थापक अध्यक्ष :- नेपाली यातायात मजदुर संगठन

पुर्व अध्यक्ष :- बागलुङ सेवा समाज कतार

पुर्व अध्यक्ष :- नेपाली जनप्रगतीशील मञ्च कतार

महासचिव :- नेपाल व्यवसायी संघ कतार (हाल)

संरक्षक :- अन्तरास्ट्रिय बागलुङ सेवा समाज (हाल)

यहाँहरु सम्पूर्णको साथ, सहयोग र समर्थनका लागि हार्दिक अपिल सहित !!!

रमेश भट्ट

पंजीकृत सदस्य नम्बर: QA01000073

२०२३- २०२५ कार्यकालका लागि “अध्यक्ष” पदको उम्मेदवार

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।