दोहा । गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न दशौं महाधिवेशनमा बिकाश भुजेलले युवा संयोजकमा उम्मवारी दिने घोषणा गरेका छन् । उनले सामाजिक संजाल मार्फत २०२३/२५ को कार्यकालका लागि उम्मेदवारी दिन लागेका हुन् ।
भुजेल लामो समयदेखी कतारमा व्यवसाय गर्दैआएका युवा ब्सायावसायी तथा सामाजिक अभियन्ता हुन् l कतारमा उनि सुरुदेखिनै बिभिन्न सामाजिक सस्थाहरुमा आबाद्द हुदै आफ्नो बचेको समय सामाजिक कार्यमा सम्पर्तित गर्ने गरेका छन् l उनि गण्डकी प्रदेश समन्वय परिसद् कतारको पहिलो कार्य समितिमा द्वतीय उपाध्यक्ष, तनहु सेवा समाजका सल्लहाकार तथा भुजेल समाज कतारका बिशेष सल्लहाकार पदमा रहेर सामाजिक कार्यमा हातेमालो गर्दै आएका छन् l
एनसीसी कतार सामाजिक संस्था भएको र यसलाई थप श्रमिकमूखी बनाउँदै समाजसँग जोड्न निर्वाचित कार्यासमित सित हातेमालो गर्दै युवामुखी र श्रमिक मुखी कार्यहरु गर्ने बताउदै कतारमा स्थापित संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, गैरआवासीय नेपाली संघका अग्रज तथा सामाजिक अभियान्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा साथ, सहयोग र समर्थनका लागि भुजेलले अपिल पनि गरेका छन् ।
एनसीसी कतारको २०२३–२०२५ कार्यकालका लागि अन्तिम पञ्जीकृत सदस्यहरुको सङ्ख्या ८ हजार ९५१ जना कायम भएको छ । गत २६ फेब्रुवरीदेखि १२ मे सम्म पहिलो चरणमा र २५ जुनदेखि २८ जुनसम्म दोस्रो चरणमा सदस्यता आह्वान गरिएको थिए ।
संघको निर्वाचन अगामी २१ जुलाई तथा दशौं महाधिवेशन २८ जुलाई २०२३ मा हुने कार्यतालिका रहेको छ ।