एनआरएनए कतार :लक्ष्मी सुन्दरले सदस्यमा उम्मेद्वारी दिने

253 पटक हेरिएको

दोहा, कतार : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको दशौं महाअधिवेशन (२०२३-२५) कार्यकालका लागी लक्ष्मी सुन्दर त्वानाबासुले एनसिसिको कार्यासमित सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका उनले सामाजिक संजाल मार्फत आफुले उम्मेदवारी दिन लागेका बताएका हुन्l

लामो समयदेखि प्रवासमा रहँदै आएका लक्ष्मीले आफूलाई समाजमा काम गर्ने एउटा एक्टिभ अभियन्ताको रुपमा चिनाउछन संस्थागतरूपमा उनीका हाल नेवा पुच कतार , प्रवासी नेपाली समुदाय , लगायत बिभिन्न सामाजिक सस्था हरुमा आवद्द छन् l उनले कतारमा कार्यरत नेपाली श्रमिकहरूको अभिभावकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि आगामी दिनहरूमा काम गर्ने बताए ।

एनसीसी कतारको २०२३–२०२५ कार्यकालका लागि अन्तिम पञ्जीकृत सदस्यहरुको सङ्ख्या ८ हजार ९५१ जना कायम भएको छ । गत २६ फेब्रुवरीदेखि १२ मे सम्म पहिलो चरणमा र २५ जुनदेखि २८ जुनसम्म दोस्रो चरणमा सदस्यता आह्वान गरिएको थिए ।

21 जुलाई बाट सरेर संघको निर्वाचन अगामी २७- २८ जुलाई २०२३मा हुने कार्यतालिका रहेको छ । निर्वाचनको लागी उमेदवारी दर्ता आज अर्थात् 21 जुलाईमा हुदै छ l

उनको अपिल जस्ताको तेस्तै

आदरणीय गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका २०२३-२०२५ कार्यकालका पञ्जिकृत सदस्य ज्यूहरु, गैरआवासीय नेपाली संघ अभियानका अभियान्ता तथा अग्रज ज्यूहरु साथै कतारमा स्थापित नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरु सबैमा नमस्कार !

प्रबासमा श्रम गर्ने क्रममा आफ्नो रोजगारीको समयपछी बचेको समयलाई सामाजिक कार्यमा बिताउने क्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाहरुमा आवद्ध रहदै नेपाली समाजमा मैले निभाएको भुमिका र सोबाट सिकेको अनुभवहरुलाई आगामी दिनहरुमा ससक्त र प्रभावकारी रुपमा सामजिक कार्यमा कार्यन्वयन गर्ने उधेस्य सहित आगमी २१ जुलाईमा हुने एनसीसी कतारको निर्वाचनमा कार्यसमिती सदश्य पदमा उम्मेद्बारी दिदैछु।

मेरो उम्मेदवारी लाई सहज रुपमा स्विकार्दै यहाँहरुको साथ, समर्थन र सहयोग सहित मलाई उक्त पदमा अनुमोदन गरिदिनुहुन्छ र सामजिक कार्यमा सहभागीता हुने अवसर प्रदान गरिदिनुहुन्छ भन्ने अपेक्षा सहित सबैमा हार्दिक अनुरोध गर्दछु।

लक्ष्मी सुन्दर त्वानाबासु

कार्यसमिती सदश्य पद्को उम्मेदवार

परिषद सदस्य नम्बर: QA01002700

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।