/

एनआरएनए कतार : महासचिवमा पत्रकार श्रेष्ठको उम्मेदवारी

654 पटक हेरिएको

दोहा : एनआरएनए एनसीसी कतारको २०२३/२५ कार्यकालका लागि महासचिव पदमा पत्रकार दिल कुमार श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका छ्न l एनसिसि निर्वाचन समितिले जुलाई २१ मा प्रकाशित गरेको उम्मेदवारि आबेदकको नामावलीमा श्रेष्ठ सहित रबिन मगरले महासचिव पदमा दाबेदारी दिएको जनाइएको छ ।

लामो समय देखि कतारलाई कर्म थलो बनाएर सामुदायिक पत्रकारिता गर्दै आएको श्रेठ कतारमा रहेका बिभिन्न सामाजिक सस्थाहरुमा आवद्द स्वच्छ छबि भएका सहि सुचना सम्प्रेषण गर्ने र स्पस्ट बक्ताका रुपमा चिनिन्छन l

हाल उनि नेपाल पत्रकार महासंघ कतार साखाका उपाध्यक्ष हुन् भने पर्वत समाज कतार का सस्माथापक महासचिब तथा बर्तमान सल्लहाकार समेत हुन् l एन आर एन ए कतार संग लामो समय सुचना तथा प्रचारप्रसार उपसमितिमा समेत काम गरेका श्रेठ २०१७-२०१९ को कार्यकालमा पनि सचिब पदमा उमेदवारी दिएका थिए l

हरेक कार्यकालमा एन सी सी लाई प्रश्न गर्ने पत्रकार भनेर चिनिने श्रेष्ठ नै माहाचिवको उबेद्वार बनेपछि दोहामा रहेका जानकारहरुले उनि नेतृत्वमा पुगे धेरै अनूत्तरित प्रश्नको उत्तर आउने आशागरेका छन् l

श्रेष्ठ ले आफुले अन्तिम समयमा आएर दिएको उमेदवारी भए पनि आफ्नो उम्मेद्बारी कुनै बिचार, बर्ग, जातजाति, धर्मसंस्कार गुटउपगुठ समुहबाट नभई समाजका उठेका सवालमा जवाफदेहिता नहुनुको परिणाम रहेको बताएका छन् l आफूलाई महासचिब पदमा विजयी गराउन एनआरएनएका अग्रज, सामाजिक अभियन्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसमक्ष अपिल गरेका छन् l

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।