एनआरएनए कतारको महासचिवमा रविन निर्वाचित

206 पटक हेरिएको

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागि महासचिव पदमा धनकुटा निवासी रबिन मगर निर्वाचित भएका छ्न ।

निबर्तमान कार्यसमितिका सचिव समेत रहेका मगर धनकुटा जिल्लाको पाख्रीबास ५ दियालेमा जन्मी वैदेशिक रोजगारिको शिलसिलामा १५ बर्ष कतारमा बिताएका मगर बचेको समयमा सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका छ्न । 

धनकुटा सेवा समाज कतारका बरिष्ठ उपाध्यक्ष, नेपाल मगर संघ शाखा कतारका पूर्व सचिव तथा बर्तमान सल्लाहकार,त्यस्तै युवा तथा खेलकुदमा योगदान, संस्था संचालन र समन्वयमा विशेष दख्खल राख्ने गर्दछ्न । 

डिजिटल प्रबिधीबाट पहिलो पटक एनआरएन कतारले (स्मार्ट एनआरएनए ) एप बाट मतदान गराइएको थियो ।दुई प्यानलको बिच भएको सो निर्वाचनमा विभिन्न ४० पदमा ७५ जनाले प्रतिस्पर्धा गरिरहेका थिए ।निर्वाचनमा जम्मा ६२.८०% मत खसेको थियो l

मगर सहित नवनिर्वाचित सम्पूर्ण ले हिजो शनिबार दशौँ महाधिवेशनमा पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि एनआरएनए उपाध्यक्ष शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।