दोहा , स्याङ्गजा सहयोग समाज कतारले आर्थिक आर्थिक सहयोग हस्तान्तरण गरेको छ l कतारमा कार्यरत स्याङ्गजा चापाकोटका स्व.बिष्णु बस्यालको परिवारलाई स्याङ्गजा सहयोग समाज कतारले आर्थिक सहयोग हस्तान्तरण गरेको हो l
स्याङ्जा चापाकोट नगरपालिका सुन्तौली टार वडा न.-९ बेलचौर निवासी बस्याल लामो समय देखि कतारको एक कम्पनीमा कार्यरत रहेका थिए l बस्यालको उपचारका क्रममा (मिति:-२०-०५-२०२१) मा मृत्यु भएकोमा थियो l
परिवारको आर्थिक अवस्था निकै कम्जोर भएकोमा समाजको तर्फ देखिकेहि गर्न सके मृतकका घरपरिवार तथा दुई छोरिको शिक्षालागि केही पुग्छ भन्ने हेतुले स्याङ्जा सहयोग समाज चापाकोट नगर इकाई कतारका अध्यक्ष तथा समाजका कार्यसमिति सदस्य कल्याण पौडेलको सयोजकत्वामा सन्कलित चालिस हजार र समाज बाट दशहजार गरी जम्मा रू.५०,०००/-(पचास हजार रुपैया ) सहयोग गरिएको स्याङ्गजा सहयोग समाजका कार्यबाहक अध्यक्ष घनश्याम जैसीले बताए l
मृतकको परिवारमा बुवा:-निकण्ठ बस्याल, श्रीमति रिता बस्याल, दुई छोरी समृद्धि बस्याल र सन्ध्या बस्याल रहेको रहेका छन् l सहयोग रकम स्याङ्गजा सहयोग समाज कातारका पुर्व अध्यक्ष रामु बस्याल मार्फत मृतका परिवारलाई हस्तान्तरण गरिएको हो l
उक्त अवसरमा चापाकोट नगर प्रमुख देब बहादुर खांड,वडा नं ९ का वडा अद्द्यक्ष कृष्ण प्रसाद सुवेदी ,चापाकोट नगरपालिका प्रशासन शाखा प्रमुख उदय राज देबकोटा, उधोग बाणिज्य संघ का अद्द्यक्ष मणि प्रसाद खनाल ,चापाकोट बजार ब्यबस्थापन समितिका अद्द्यक्ष हेमन्त बराल,गण्डकी बेशी बचत तथा ऋण सहकारी का प्रबन्धक हरि प्रसाद डोटेल, स्याङ्गजा सहयोग समाजका पुर्ब सचिब जीवन डोटेल,बिजयपुर बोर्डिङ स्कुल रामपुर पाल्पा का प्रीन्सिपल भुबन बस्याल चापाकोट नगरपालिका जिन्सी शाखा प्रमुख राम बिनय महतो र समाज सेवि बिष्णु प्रसाद भट्टराई,भगवान तिमल्सिना उपस्थिति रहेको थियो l
नगर प्रमुख खांडले स्याङ्गजा सहयोग समाज कतार र चापाकोट इकाई दुबैलाई सम्मान योग्य कार्य गरेकोमा धेरै धेरै धन्यबाद दिदै स्वदेस तथा बिदेश मा हुने दुख पीडा मा मलम लगाउने कार्यले संस्थाको गरिमा थप उचाईमा पुगेको बताएका थिए l उनले बिदेशमा रहेर पनि मातृभुमिको लागि गरिने योगदान कहिल्यै भुल्न नसकिने बताएका थिए l