/

रमेश भुजेलको माइत जाने बाटो बन्द छ

484 पटक हेरिएको

दोहा ,

नेपाली नारीहरुको महान पर्व तीज नजीकदै गर्दा,तीजका कोसेली स्वरुप नयाँ नयाँ तीज गीत एल्बम बजारमा सार्बजनिक हुने क्रम बढ्दो छ ।

स्वदेश देखि बिदेशमा समेत तीजका गितले चर्चा पाहीरहदा लामो समय देखि कतारमा रहेर नेपाली गीत सङ्गीत लाई माया गरिरहने गायक,मोडल तथा निर्देशक रमेश भुजेलको “माइत जाने बाटो बन्द छ ” बोल्को नयाँ तीज गीत सार्बजनिक भएको छ ।

बिदेशी भूमिमा भएपनि फुर्सदको समय निकालेर कला क्षेत्रमा दिएको योगदानले गर्दा गीतको चर्चा चुलिएको र नेपाली कलाकारिताप्रति वैदेशिक भूमीमै रहेर पनि सेवा गर्न पाउदा खुसी लागेको भुजेलले बताए । उनी लामो समयदेखि कलाकारिता क्षेत्रमा क्रियाशील रहदै आएका छन् । ‘

जेनियस म्यूजिक नामक युट्युब च्यानलबाट अपलोड भएको सो म्यूजिक भिडियोमा सोम लामा लाई
सामाजिक सञ्जालमा लोकप्रिय ‘भाईरल’ प्रिन्सेस कोइरालाले साथ दिएकी छन् । त्यस्तै गुरुङ सोल्टी, रेबिका तामाङ, कृष्ण ढकाल, चन्द्र छिदाल र नेहा बास्ताकोटीलगायतले पनि अनिभय गरेका छन् ।

कलाकार रमेश भुजेलको स्वर, शब्द र संगीत सहित निर्देशन गरेको भिडियोको छायाङ्कन र कोरियोग्राफी भविन्द्र तामाङले गरेका छन् । फिमेल भ्वाईस सुनिता बुढाक्षेत्रीको सहकार्य छ । दोहास्थित संगीत महल स्टुडीयोमा रेकर्ड गरिएको हो

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।