/

स्याङ्गजा सहगोग सहयोग कतार द्वारा दुई मृगौला परिवारलाई करिव ४ लाखको आर्थिक सहयोग

157 पटक हेरिएको

स्याङ्गजा , स्याङ्गजा सहयोग समाज कतारले करिब ४ लाखको आर्थिक सहयोग गरेको छ l स्याङ्जा सहयोग समाज कतारको चाहना विशुद्ध सामाजिक सेवाको भावना”भन्ने मुल नाराका साथ प्रवासमा साथै नेपालमा समेत दु:ख, पिडामा परेका नेपाली हरुलाई सहयोग गर्दै आएको संस्थाले छुट्टा छुट्टै दुई परिवारलाई गरी ३,९५,९४५ ( तिन लाख पन्चानब्बे हजार नौसय पैचालिस )नेपाली रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको हो l

पहिलो मङ्सिर १७ गतेका दिन स्याङ्गजा सहयोग समाज कतारको बिशेष पहल तथा समाजका वरिस्ठ उपाध्यक्ष घनश्याम जैसीको संयोजकत्वमा सन्कलित रकम स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको समन्वयमा केन्दीय कार्यालय स्याङ्गजामा मिर्गौला पिडित सुरज बिकको परिवारलाई हस्तान्तरण गरिएको हो l लामो समय देखि मिर्गौला बाट पिडित आधिखोला गाउपालिका बडा नम्बर ६ टिकाजा निवासी बिकलाई नेपाली रुपैया दुई लाख उन्नासी हजार छ सय पैचालिस ( २,७९,६४५)पीडितका बुबा नरबाहादुर बिक लाई हस्तान्तरण गरिएको हो l

स्याङ्गजा सहयोग समाज कतारका सह कोषाध्यक्ष ठाकुर गौतमको संयोजन मा भएको सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जा का उप प्रमुख खड्क राज सुबेदीको प्रमुख आथित्व रहेको थियो l त्यस्तै स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका निवर्तमान अध्यक्ष टुकराज अर्याल, उपाध्यक्ष राजेन्द्र शर्मा, कोषाध्यक्ष चिरञ्जीवी ढकाल ,पुर्व सचिब मेघ प्रनेश , सल्लहाकार हरि प्रसाद अर्याल, स्याङ्गजा सहयोग समाज कतार अर्जुन चौपारी इकाईका अध्यक्ष नगेन्द्र प्रसाद रिमाल लगायतको उपस्थिति रहेको थियो l

त्यस्तै , मङ्सिर १८ गते, मिर्गौला पिडित स्याङ्गजा अर्जुन चौपारी गाउ पालिका वाड नम्बर ३ सिरिनडाडा निवासी जान माबी रापकोटका शिक्षक नारायण प्रसाद पौडललाई रु १,१६,३०० (एक लाख सोर्ह हजार तिन सय ) हस्तान्तरण गरिएको हो l स्याङ्गजा सहयोग समाज कतार अर्जुन चौपारी इकाईका अध्यक्ष नगेन्द्र प्रसाद रिमालको संयोजकत्वमामा सन्कलित सहयोग रकम उनकै संयोजकमा रकम हस्तान्तरण गरिएको हो l

अर्जुन चौपारी गाउपालिका का अध्यक्ष (प्रमुख सेवक ) प्रकाश तिवारीको प्रमुख आत्थीयमा भएको सहयोग हस्तान्तरण कार्यक्रम मा स्याङ्गजा सहयोग समाज कतार अर्जुन चौपारी इकाईका अध्यक्ष नगेन्द्र रिमाल उपाध्यक्ष चण्डी प्रसाद काफ्ले , स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका निवर्तमान अध्यक्ष टुक राज अर्याल , अर्जुन चौपारी गाउपालिका वार्ड नम्बर ३ का अध्यक्ष शोभाकान्त काफ्ले महिला सदस्य देबी लम्साल , सदस्य शोभाकान्त पौडेल , प्रेस सेन्टरका अध्यक्ष अर्जुन काफ्ले नेपाली कांग्रेस अर्जुन चौपारीका संयोजक हरि काफ्ले लगायतको उपस्थिती रहेको थियो l

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।