/

स्याङ्गजा सहयोग समाज कतार र स्या.स.स. भिरकोट नगर इकाई द्वारा सयुक्त इफ्तार कार्यक्रम  सम्पन्न

750 पटक हेरिएको

कतार :  विश्व मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा स्याङ्गजा सहयोग समाज कतारद्वारा, स्या.स.स. भिरकोट नगर इकाई कतारको समन्वयमा सयुक्त रूपमा सामुदायिक इफ्तार’ कार्यक्रम  सम्पन्न गरेको छ।

शुक्रबारका दिन सनैय स्थित सम्सारा नेपाली रेस्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष प्रकाश परियारको सभापतित्व तथा प्रमुख सल्लाहकार अजमत अलिको प्रमुख आतिथ्यतामा सामुदायिक इफ्तार’ कार्यक्रम  सम्पन्न गरेको हो l

हिजरी सम्वतको  नवौं महिनामा  पर्ने रमजान महिनाभर विश्वका मुस्लिम समुदायले आत्मीय शुद्धता एवं भातृत्व बिकासका लागि एक महिने कठोर व्रत राख्ने परम्परा रहँदै आएको छ भने कतारमा सामाजिक सद्भाव एवं भाइचाराको लागि विगतदेखी नै स्याङ्गजा सहयोग समाज कतारले पनि हरेक बर्ष इफ्तार कार्यक्रम गर्दै आईरहेको छ l

कार्यक्रममा समाजका प्रमुख संरक्षक ,संरक्षकहरु, सल्लाहकार हरुको बिशेष आतिथ्यतामा, इस्लाम धर्म गुरु हरु स्याङ्गजा बासी दाजुभाइ दिदीबहिनीहरुको बृहत गरिमामय उपस्तिथि रहेको थियो । कार्यक्रममा पदाधिकारी , समाजका मातहतमा रहेका सम्पुर्ण इकाईका पदाधिकारी हरु,बिभागिय सयोजक हरु, करुङ्ग बयरघारी मुस्लिम समाजका व्यक्तित्व हरु साथै नारी मुस्लिम समाज भिरकोट-२ का समुदायका व्यक्तित्व हरुको समेत उपस्थित रहेको थियो l

समाजका बरिष्ठ उपाध्यक्ष घनश्याम जैसीले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा कुरान वाचक हसन अलि अक्तरी द्वारा मौलना वाचन गरिएको थियो भने नजिरमियाले रमादान महिनाको बारेमा उल्लेख गरेर उपस्थितलाई सुनाएका थिए l

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि अजमत अलिले सामुदायिक इफ्तार कार्यक्रमले स्सयाङ्मागजा सहयोग समाज सामाजिक, धार्मिक रुपमा सहिष्णु रहेको सन्देश दिएको बताए।

कार्यक्रम समापन गर्दै समाजका अध्यक्ष प्रकाश परियारले छोटो सम्पूर्ण काम छोडेर सस्थाले गरेको कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै आजको कार्यक्रमले भाईचारा कायम रहेको बताए l कार्यक्रम सस्थाका माहासचिब टेक गैरे ले संचालन गरेका थिए l

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।