/

पर्वत समाज कतारद्वारा वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

69 पटक हेरिएको

दोहा, कतार ,

पर्वत समाज कतारले शुक्रबार आन्तरिक वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्यो। कतारमा रहेका पर्वतेलीहरूका बीच सम्पन्न यस कार्यक्रममा ३०० भन्दा बढीले सहभागिता जनाए। समाजका सचिव सेवक विश्वकर्माले यो जानकारी दिए।

कार्यक्रममा परियार मित्रता समाज कतारको पञ्चेवाजा समूहले सांस्कृतिक प्रस्तुति दियो। समाजका संरक्षक छविलाल भट्टराईले यस कार्यक्रमले पर्वतेलीहरू बीच आत्मीयता बढाउन मद्दत गरेको बताए। उनले अन्य संघसंस्थासँग मित्रता बढाउन पनि यसले सहयोग गरेको जनाए।

समाजसेवी होमनाथ शर्माले पर्वत समाजले लामो समयदेखि उत्कृष्ट कार्य गरिरहेको प्रशंसा गरे। समाजका अध्यक्ष ओम बहादुर क्षत्री सन्तोषले आपसी भावना र अन्य संघसंस्थासँग मित्रतापूर्ण सम्बन्ध कायम गर्ने उद्देश्यले यो आयोजना गरिएको बताए।

कार्यक्रमको सञ्चालन सचिव सेवक विकले गरे भने सांस्कृतिक कार्यक्रम सहसचिव कृष्ण दर्लामीले सञ्चालन गरे। यसै अवसरमा कतार फेन्सिङ फेडेरेसनको ग्रान्ड प्रिक्स प्रतियोगितामा सहभागी हुन आएका खेलाडी द्व्य भीष्मराज दाहाल र सागर थापालाई खादा लगाई सम्मान गरिएको थियो ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।