/

कतारमा नेपाली बाल साहित्यको डबली, बालबालिकाले सुनाए सिर्जना

43 पटक हेरिएको

शिव सुबेदी

दोहा, कतार – अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालयले संयुक्त रूपमा आयोजना गरेको १५७औं डबलीमा बाल साहित्य विशेष कार्यक्रम सम्पन्न भएको छ। दोहाको मुन्ताजा रहेको गोरखोली रेष्टुरेण्डमा अप्रिल ११, २०२५मा सम्पन्न भएको कार्यक्रममा बालबालिकाले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

कार्यक्रममा नैतिक शर्मा न्यौपानेले ‘कुखुरी काँ’, आर्या ज्ञवालीले ‘ताराबाजी लै लै’, श्रीजल भट्टराईले ‘हजुरबुवा हजुरआमा’ र ‘ज्ञानीराम’ कथा, मायरा खत्रीले ‘मेरी आमा’, आनुष्का श्रेष्ठले ‘पढ पढ नानी हो’, खुशी गौतमले ‘मेरो मातृभूमि नेपाल’, सिवान्स रिजालले ‘सगरमाथा’ निबन्ध, आतिश शर्माले ‘काग र स्याल’ कथा, समृद्ध भट्टराईले ‘सात बार सात दिन’, नतिजा शर्मा न्यौपानेले ‘गर्मीका दिन’ र सानवी रिजालले ‘हाम्रो ध्वजा’ प्रस्तुत गरेका थिए।
कार्यक्रममा सामाजिक अभियन्ता कल्याण थापा विशिष्ट श्रोताको रूपमा उपस्थित थिए। कार्यक्रममा नेपाली भाषा र साहित्यको उत्थानका लागि लामो समयदेखि निरन्तर लागिरहेको आयोजकले बताएको छ। कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यनुरागीलाई धन्यवाद दिँदै आयोजकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।
कार्यक्रममा बालबालिकाले प्रस्तुत गरेका सिर्जनाले सबैको मन छोएको थियो। कार्यक्रमले कतारमा नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।