////

दक्ष भारतीयहरूलाई अमेरिकामा काम र भिजा सहज गराउन माेदीकाे प्रस्ताब

646 पटक हेरिएको


वाशिङटन (अमेरिका) – बाइडेन प्रशासनले भारतीयहरूलाई संयुक्त राज्य अमेरिकामा बस्न र काम गर्न लागि सजिलो पार्ने भएकाे छ ।अमेरिका भ्रमणामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे प्रस्ताबपछि दक्ष भारतीयलाइ भिजा सहज गराउन अमेरिका राजी हुने सङ्केत,जसको बारेमा विषयगत जानकार व्यक्तिहरूले जनाएका छन्।

पाइलट कार्यक्रम अनुसार, भारतीय र अन्य देशबाट अमेरिकामा काम गर्ने कामदारहरूलाई एच-१ बी भिसाको नवीकरण गर्नको लागि आफ्नो देश नफर्की अमेरिकामै भिसा नवीकरण गर्ने समाचार द्वारा राजदूतावासले बिहीबार प्रकाशन गर्न लागेको बुझिएको छ।

अमेरिकामा H-1B भिजामा रहेका विदेशीमध्ये भारतीय नागरिकहरू सबैभन्दा बढी छन् । अमेरिकामा आर्थिक वर्ष २०२२ मा H-1B भिजामा करिब ४४२,००० भारतिय कामदारहरूको भएकाे तथ्य छ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।