///

एनआरएन अमेरिकाको युवा संयोजकमा स्याङ्जाका पौडेलको उम्मेदवारी

1472 पटक हेरिएको

टेक्सस(अमेरिका)

गैरआवासीय नेपाली संघ अमेरिका(एनआरएनए) को आगामी निर्वाचनमा युवा एनआरएनए अभियान्ता तेज पोडेल(विनोद)ले पनि आफ्नो उम्मेदवारी घोषणा दिएका छन् ! 

उनले युवाको सहभागिता प्रभावकारी ढंगले हुनुपर्ने भन्दै एनआरएनए अमेरिकाको आगामी कार्यकाल (२०२३-२०२५) का युवा संयोजकमा उम्मेदवारी दिएका हुन् । 

नेपालको स्याङ्जा आरूचौरमा जन्मिएका पौडेल लामो समयको क्यालिफोर्निया बसाइपछि अहिले अमेरिकाको टेक्सासलाई आफ्नो कर्म थलो बनाउँदै आएका छन् । पेशाले कम्युटर सफ्टवेर इन्जिनियरिङमा करिब एक दशक बिताएका विनोद हाल

ईन्फरमेसन सेक्युरिटी मेनेजरको रुपमा कार्यरत छन् । पौडेलले आफ्नो पेशासँगै सफ्टअप (softup.io) नामको सफ्टवेर कम्पनी(स्टार्टअप) स्थापना गरेर नयाँनयाँ सफ्टवेर पनि बनाउँदै आएका छन्। उनको कम्पनीमा नेपालमा करिब २ दर्जन नेपाली युवाहरु आबद्ध छन् । सानै देखि सामाजिक काममा रुची भएका विनोद अमेरिकामा रहँदै गर्दा पनि मातृभूमि नेपाल र नेपालीका लागि काम गर्ने विभिन्न संस्थामा आबद्ध भई सहयोग गर्दै आईरहेका छन् ।

पौडेललँग एनआरएनए अमेरिकाको युथ टाक्स फोर्सको(२०१९-२०२१) को सदस्य सचिव भई समेत काम गरेको अनुभव छ, उनले जनसम्पर्क समिती नर्दन क्यालिफोर्निया च्याप्टर (१०१५) सहसचिव, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, क्यालिफोर्निया(२०२१) सचिव, युथ कंग्रेस अमेरिका(२०२१) सचिब तथा नेजा (२०२०) सदस्य समेत भएर आफ्नो भूमिका सफलतापूर्वक निभाएका छन् ।

उनी भन्छन् “अरुले गरेनन् भन्दै दोष दिनु भन्दा आफैँ लागिपर्ने निर्णय गरियो” । दोश दिएर होइन, जस लिएर अगाडी बढ्ने संकल्प लिएका विनोदले सामाजिक सञ्जाल मार्फत अमेरिकामा गैरआवासीय नेपाली संघमा आबद्ध नेपालीहरुमा अपिल गरेका छन् । 

पौडेललाई एनआरएनको अहिलेको गतिबिधी मन पर्दैन । उनी भन्छन्, “एनआरएनसँग २ वटा बिकल्प छन्, कि नेपालीको पक्षमा काम गरेर सुध्रिने, होइने भने नाम मात्रैको एनआरएन बनाएर दुषित राजनीति गर्नुभन्दा अभियानबाटै बाहिरिने” । अहिलेको एनआरएनको मुख्य एजेन्डा चुनाब मात्रै भएको गुनासो गर्ने पौडेल, युवा संयोजकको रुपमा कार्यसमितिमा गए एनआरएनएको सिस्टम परिवर्तन गर्न पहल गर्दै साँच्चै नेपालीको एनआरएन बनाउँन लागि पर्ने बताउँछन् । 

उनले आफ्नै एजेण्डाहरु तयार पारी चुनावमा होमिएका छन्

के के छन् त युवा उम्मेद्वार तेज पौडेलका एजेण्डाहरु :

  • एनआरएनएको खुला सदस्यता, बाह्रै महिना (Year Around) बितरण, 
  • चुनाब बाट चुनाब सम्म मात्र भएको एनआरएनलाई जनताको एनआरएन बनाउन पहल
  • एनआरएनएका सदस्यलाई स्वास्थ्य विमा, गाडी बिमा, जीवन बिमा लगायतका बिमामा छुटको सुविधा र सहजिकरण
  • NRNAमा विद्यार्थी र युवाहरूलाई सहभागीता
  • नेपाली राष्ट्रिय खेलकुद समूहहरूसंग सहयोग गर्दै पारस्परिक रूपमा लाभदायक सम्बन्ध स्थापना
  • करियर मार्गदर्शन कार्यशालाहरू आयोजना
  • नेतृत्व विकास कार्यक्रमहरू सञ्चालन
  • अमेरिकामा नयाँ आगन्तुक युवाहरूलाई सहयोग प्रदान
  • Tax Treaty लागु गरेर दोहोरो कर प्रणालीको अन्य गर्नु दुबै देशसँग पहल
  • एनआरएनएमा आज सम्म भएका आर्थिक क्रियाकलापको अडिट
  • नेपाल सरकार र नेपाल दूतावाससंग सहयोग गर्दै विभिन्न क्रियाकलापहरूमा युवा सहभागिता
  • विश्वविद्यालयहरू, व्यापार तथा समाजमा अत्यन्त प्रभावशाली मानिसहरूसँग युवाको पहुँच
  • व्यापार व्यवसायको टास्कफोर्स बनाएर व्यापार गर्न इच्छुक नेपालीलाई आर्थीक र मानसिक रुपमा सहयोग

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।