अमेरिका l
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिती, अमेरीकालाई अझ बढी पारदर्शी, समावेशी र बिश्वसनीय बनाउने अभियानमा डा. अर्जुन बंजाडे पक्षिय उम्मेदवार रबिन्द्र उप्रेतीले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
उनले एनआरएनए शुद्धीकरणको अभियानमा होमिएका अध्यक्षका प्रत्यासी सुमन थापा पक्षिय उम्मेदवार अमित शर्मालाई आफ्नो समर्थन जनाउँदै निःशर्त आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले आफूले उम्मेदवारी फिर्ता लिएको कुरा निर्बाचन आयोगलाई आज ईमेल पठाएर जानकारी गराएका छन्। डा. अर्जुन बंजाडे र सुमन थापाको बिचमा केही दिन पहिले टेक्सासमा सहमती भई सुमनले आफ्नो उम्मेदवारी फिर्ता लिदैं डा. अर्जुन बंजाडेलाई सघाउने सहमती भैसकेको थियो। कोषाध्यक्षका उम्मेदवारहरूको सहमतीले एनआरएनए एनसीसी अमेरीकामा अध्यक्षका उम्मेदवार डा. बंजाडेको जीत अझबढी शुनिश्चित बनेकोछ।

“परिबर्तन अपरिहार्य छ” भन्ने मूलमन्त्रका साथ चुनाबी अभियानमा होमिनुभएका कोषाध्यक्षका उम्मेदवार रबिन्द्र उप्रेतीजीले एकता र सहकार्यको उच्चतम उदहरण दिदै, आफ्नो उम्मेदवारी निःशर्त फिर्ता लिए पश्चात डा. बंजाडे र थापा समर्थित उम्मेदवारहरू तथा सर्बसाधारणमा नयॉ उत्साह थपिएकोछ। एक आपसको एकता मार्फत् संस्थागत रूपान्तरणका लागी रबिन्द्र उप्रेतीले देखाउनु भएको त्याग र योगदानलाई डा. अर्जुन बंजाडे र सुमन थापा दुबैले मुक्त कंठले प्रशंसा गरेका छन्। डा. बंजाडेको आज आईतवार न्यूयोर्कमा हुन गईरहेको चुनाबी आमसभामा सुमन थापा र अमित शर्मा दुबै जनाको उपस्थिति रहनेछ।


