अमेरिका ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सम्पान निर्वाचनमा तेज पौडेल ( विनोद ) विजयी भएका छन् । उनले निकतम प्रतिद्वन्द्वी बिकी थापालाई पराजित गरेका हुन् । विनोदले ४ हजार ९ सय ६६ मत प्राप्त गरे भने थापाले ४ हजार ५ सय ३९ मत प्राप्त गरेका छन् ।
आफ्नो जन्न्ममदिनको दिनमा नै बिजयी भएपछि पौडेलले मतदाताले दिएको मत मात्र नभएर विश्वास पनि भएको भन्दै यो उपहार र विश्वासलाई काम (action) मा बदल्ने बताउदै आफ्नो अमुल्य मत प्रदान गरि विजयी गराउनु भएकोमा सम्पुर्ण अमेरिका बासी नेपालीहरुलाई हार्दिक प्रकट गरेका छन् l

उनि भन्छन आगामी २ बर्षे कार्यकालमा एनआरएनको सदस्य बन्दा पनि गर्व गर्न सकिने संस्था बनाउन पहल गर्ने छु ।
चुनावमा दुई प्यानल बनाएर चुनाव लडेको भए पनि मिश्रीत नतिजा आएको छ । अध्यक्ष डा. अर्जुन बञ्जाडे अध्यक्षमा निर्वाचित भएका छन् । डा. बञ्जाडेले ५ हजार ७ सय ३९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन ।अर्को उम्मेदवार डिलु पराजुलीले ४ हजार ८ सय ६ मत ल्याएर उपविजेता भएका छन् l