//

गगन थापाले निर्वाचन आयोगलाई तिरे १५ हजार जरिवाना

256 पटक हेरिएको
Gagan Kumar Thapa

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना तिरेका छन्। २०७९ मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उठेर खर्च विवरण सार्वजनिक नगर्ने २४ सय ३५ उम्मेदवारमध्ये गगन पनि एक थिए।

काठमाण्डु क्षेत्र नम्बर ४ मा नेकपा एमालेका डा. राजन भट्टराईलाई हराउँदै प्रतिनिधिसभामा पुगेका थापाले आयोगले तोकेअनुसारको जरिवाना बिहीबार बुझाएको जनाएका हुन्।  आयोगले मंगलबार एक सूचना निकालेर २०७९ मंसिर ४ मा भएको निर्वाचन खर्च विवरण सार्वजनिक नगरेपछि २४ सय ३५ उम्मेदवार जरिवाना गराउने निर्णय भएको जनाएको थियो।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।