काठमाण्डौ,साउन ४ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अबसर पारेर गीतकार सर्जक तथा युवा गायक समुन्द्र पौडेलले तीज गीत “करिमैले ” बजारमा ल्याएका छन् । जापानमा बसेर पनि आफ्नो नेपाली गीत संगीत लाई माया गर्ने मध्यका युवा कलाकार पौडेल गीत बजारमा ल्याएका हुन् l
राजन कार्कीको शव्द मा रहेको तिज गीतमा संगित,लय/थेगो गायक स्वयं पौडेलको छ भने संगीत संयोजन पूर्ण सम्योगले गरेका छन् l पौडेललाई चर्चित लोकदोहोरी गायिका सुनिता बुढा क्षेत्रीले स्सावारमा साथ दिएकी छन्
मुर्चुङ्गा डिजीटल स्टुडियो मार्फत समुन्द्रराज पौडेल युट्युब च्यानलमा बजारमा आएको भिडियामा लोमश शर्मा, नारायणी खत्री नृत्य रहेको भिडियोको कोरियोग्राफ होम गुरुङ गरेका छन् भने भिडियोका सिनेम्याटोग्राफर दुर्गा पौडेल हुन् l ।
प्रविण भट्टको सम्पादन रहेको उक्त गीतको सर्वाधिकार समुन्द्रराज पौडेल युट्युब च्यानलमा रहेको छ l