दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागि अध्यक्षमा बागलुङका रमेश भट्ट बिजयी भएका छ्न ।
प्रतिद्धन्दिी पदम गिरीलाई ८ सय ४३ मतले पराजित गर्दै भट्ट निर्बाचित भएका हुन । भट्टले ३ हजार २ सय २८ मत ल्याउँदा गिरीले २ हजार ३ सय ८५ मत पाएका थिए ।
दुई प्यानल सहित चुनाबी मैदान आएता पनि सम्पूर्ण प्यानल नै रमेश भट्ट तिर बिजयी भएका छन् यो प्यानलमा कतारमा रहेका प्रमुख बैचारिक सस्था हरु जनजाती महासंघ लगायतको गठबन्धन रहेको थियो भने पदम गिरी करिब एकल प्यानल बनाएर चुबाब मा भाग लिएका थिए l
नेपाली समय अनुसार बिहीबार बिहान ९ बजेबाट शुरु भएको मतदान प्रक्रियामा शुक्रबार राति १२ बजेसम्म अनलाईन माध्यम बाट सम्पन्न भएको थियो ।निर्वाचनमा जम्मा ६२.८०% मत खसेको कार्यसमिति चयन संयोजक क्रान्ति सिंहले जानकारी गराए l
त्यसैगरी ६ पदको आइसिसी सदस्यमा दुर्गा प्रसाद प्याकुरेल, बिक्रम कार्की, तेज कटुकाल, प्रेम बहादुर चलाउने, दिप जङ शाह तथा श्री कृष्ण भट्टराई छन निर्बाचित भएका छन । प्रथम उपाध्यक्षमा कष्ण पन्थी, द्धितिय उपाध्यक्षमा केशब राज कार्की, तृतिय उपाध्यक्षमा सन्दिप कुमार भट्टराइ तथा महिला उपाध्यक्षमा नानु घले ब्लोन , महासचिब रबिन मगर निर्बाचित भएका छन ।
सचिवमा ओम बहादुर क्षेत्री (सन्तोष), रोशन अर्याल र सुरज शर्मा अधिकारी तथा कोषाध्यक्षमा बुद्ध पाण्डे, सह-कोषाध्यक्षमा झबिन्द्र आचार्य बिजयी भएका छन।
यूवा संयोजकमा मेहेद सिंह तामाङ र महिला संयोजक सुस्मा खतिवडा कटवाल भने निर्बिबिरोध बिजयी भएका थिए ।
त्यस्तै सदस्यहरुमा इनुस मोमिन, इसिलाल पन्डित, झबिन्द्र प्रसाद बेल्बासे, तिलक बहादुर बस्नेत, दुर्गा बहादुर बिक, टंक बहादुर बिक, परमानन्द भट्ट, प्रेम कुमार बस्नेत, बिनोद राना मगर, बिष्णु सापकोटा, बिनोद राना मगर, मो.अजाद मंसुर, मो.कौसर रब्बानी, रमेश केसि, राजेन्द्र काफ्ले, सन्तोष कुँवर, सन्तोष पौडेल, सुमन कुमार लो, सुदिप पाठक, श्याम प्रसाद पौड्याल निर्वाचित भएका छन।
लेखा समिती संयोजकमा कबिन्द्र कडेल, लेखा समिती सदस्यमा गिरिराज दुवाडी,बिकास लामा निर्वाचित भएका छन।
प्राप्त मत यसप्रकार छ