दोहा :गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) कार्यकालको कोषाध्यक्षमा गुल्मेली बुद्ध पान्डे निर्वाचित भएका छन ।
कोषाध्यक्षका प्रतिद्धन्दि सन्तोष रेग्मीलाई ७ सय ९९ मतले पराजित गर्दै पान्डे निर्बाचित भएका हुन । पान्डेले ३ हजार १ सय ९ मत ल्याउँदा रेग्मीले २ हजार ३ सय १० मत पाएका हुन ।
सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका पान्डे हाल गुल्मी सेवा समाज कतारका प्रमुख संरक्षक साथै लुम्बिनी प्रदेश समन्वय परिषद कतारका बर्तमान अध्यक्ष रहिआएका छ्न । उनले बचेको समयलाई समाज सेवामा समर्पित गर्दै आएका छन् ।
उनले कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि आगामी दिनहरुमा काम गर्ने बताएका छ्न ।
डिजिटल प्रबिधीबाट पहिलो पटक एनआरएन कतारले (स्मार्ट एनआरएनए ) एप बाट मतदान गराइएको थियो ।दुई प्यानलको बिच भएको सो निर्वाचनमा विभिन्न ४० पदमा ७५ जनाले प्रतिस्पर्धा गरिरहेका थिए ।निर्वाचनमा जम्मा ६२.८०% मत खसेको थियो l