/

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

143 पटक हेरिएको

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सन्यासको घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्।

उनले यससँगै आफ्नो फरक यात्राको आरम्भ भएको बताए। ‘क्रिकेटमा कुनै बेला मैले पनि कसैलाई रिप्लेस गरेको थिएँ होला। यो मेरो समय हो। त्यसैले अन्तर्राष्ट्रिय क्रिकेटको यात्रालाई बिराम लगाउने र एउटा फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको छु,’ उनले भने।
 
उनले प्याराफिटबाट जितको लागि प्रेरणा दिइने दर्शक र परिवारप्रति आभार प्रकट गरे। उनले यो समय विदाई नभएर नयाँ यात्राको अध्याय भएको प्रस्ट्याए।

‘कुनै विवाद वा कारणले सन्यास लिएको होइन। सायद यो सही समय हो। त्यसैले मैले सन्यास लिएँ। म आजकै दिनदेखि सन्यास लिएको हुँ,’ उनले भने।
उनले पूर्व कप्तान पारस खड्कालाई पनि स्मरण गरे। ‘कुनै बेला पारस खड्का र मेरो जोडीको चर्चा हुन्थ्यो। म पारसजीलाई पनि धन्यवाद दिन चाहन्छु,’ उनले भने।  

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।