गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि वर्तमान एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको युवा उपाध्यक्ष कतारका सफल ब्यवसायी राज रेग्मीले केन्द्रीय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन ।
एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका रेग्मीले आइसीसी मध्यपुर्व युवा संयोजक, बिभिन्न टास्कफोर्सको संयोजक पद र युवा उपाध्यक्षमा रहेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन ।
विगत दुई दशकदेखि कतारलाई आफ्नो कर्मभूमि बनाउँदै आएका रेग्मी कतारमा नेपालीहरु माझ लोकप्रिय छन्।मध्यपूर्व युवा संयोजक हुँदा र आईसिसि युवा उपाध्यक्ष रहँदा कुशलताका साथ आफ्नो जिम्मेवारी निभाएका रेग्मीले आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा उम्मेदवारी दिएपछि उनको चर्चा विश्वभर चुलिएको छ ।
सबैमाझ लोकप्रिय र नम्र स्वभावका धनी रेग्मी संस्थागत विकासका ,एनआरएनएमा सबैको अपनत्व बोधको लागि यस पटक आफू उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । उहाँले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा उपाध्यक्ष पदमा आफूले उम्मेदवारी दिन लागेको नयादैनिकीलाई जानकारी गराएका छन् त्यस्तै गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्ने पनि रेग्मी बताएका छन् ।
एनआरएनए मध्यपूर्व युवा संयोजक,युवा उपाध्यक्ष तथा विभिन्न संघसंस्थामा रहेर कुशलतापूर्वक आफ्नो जिम्मेवारी निभाइसकेका रेग्मीले एनआरएनए अभियानमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए । एनआरएन अभियानमा उदयमान तथा उर्जाशील स्वभावका रेग्मी सफल व्यवसायी, समाजसेवी र एनआरएनए अभियानमा संभावना बोकेका नेताको रुपमा परिचित छन ।
कतार तथा नेपालमा व्यवसाय गर्दै हजारौं नेपालीहरुलाई रोजगारी सृजना गराएका उनले सामाजिक कार्यमा पनि अग्रस्थानमा रहेर कार्य गर्दै आएका छन । एनआरएन अभियानमा रेग्मीको उपस्थितिलाई विश्वभरका नेपाली समुदायले ‘ राईजिङ स्टार ‘ को रुपमा हेरेका छन ।
गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी उपाध्यक्षका माध्यमबाट विश्वसामु पस्कन नयाँ जिम्मेवारी वहन गर्न सक्ने क्षमता रेग्मीसँग रहेको छ । उदारहणको लागि यसअघि युवा संयोजक रहँदा विश्वभर रहेका दोश्रो पुस्ताका युवालाई लक्षित गरेर आफ्नै खर्चमा ग्लोवल एनआरएन सिंगिङ आइडलको आयोजना गरेर दोश्रो पुस्तालाई एनआरएनमा जोड्ने कार्यकम ल्याएर सबैको हाईहाई पाएका थिए।
रेग्मीले यस पटक मुख्यतः एनआरएनए संस्थागत सुशासन र पारदर्शीता , युवा महिलाको सहभागिता , श्रमिकमैत्री , एनआरएनए स्पोर्ट्स एकेडेमीको संस्थागत सुधार, वंसजको नागरिकता, नागरिकताको निरन्तरता लगायतका मुख्य एजेन्डाहरुको कार्यान्वयन लागी राजनैतिक सम्बाद मार्फत हल गर्ने , पर्यटन प्रर्वद्धन , विदेशमा गएका नेपालीहरुलाई मतदानको सुनिश्चितता , सुरक्षित र मर्यादित बैदेशिक रोजगारको व्यवस्था देखि विदेशको सीप , ज्ञान ,पूँजी नेपालमा सुरक्षित लगानीमैत्री वातावरण बनाउने लगायतका रहेका छन् । यद्यपि उनका प्रमुख केन्द्रीय एजेण्डा भने पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जानकारी दिएका छन्।
हालसम्म आगामी नेतृत्वका लागी आरके शर्मा,महेश श्रेष्ठ ,बद्री केसी,केशव पौडेल र रविना थापाले अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन, महासचिवमा गंगाधर गौतम , पारसमणि पोख्रेल र सचिवमा मनाेज कुमार श्रेष्ठ ‘ गोर्खाली ‘ ले उम्मेदवारी घोषणा गरिसकेका छन्।

