प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिका जाने

205 पटक हेरिएको

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ ३० गते अमेरिका जाने भएका छन् ।

बालुवाटारमा मंगलबार सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका भ्रमणबारे जानकारी दिएका हुन् । 

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी ३० गते अमेरिका जान लागेका हुन् । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने छन् ।

अमेरिका भ्रमण सकेर प्रधानमन्त्री सोझै चीन जाने कार्यक्रम तय भएको छ । उनी असोज ४ मा चीन जाने छन्

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।