//

स्याङ्गजा सहयोग समाज कतारले गर्यो दुई परिवारलाई  आर्थिक सहयोग

427 पटक हेरिएको

स्याङ्गजा सहयोग समाज कतारले आर्थिक सहयोग हस्तान्तरण गरेको छ l “स्याङ्गजा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना”भन्ने मुल नाराका साथ प्रवासमा साथै नेपालमा समेत दु:ख, पिडामा परेका नेपाली हरुलाई सहयोग गर्दै आएको  संस्थाले दुई परिवारलाई  आर्थिक सहयोग हस्तान्तरण गरेको हो l

पहिलो ,”पर्वतको हुवासमा पुर्खौली  घरभएका हुम बहादुर नेपाली लामो समयदेखि स्याङजा को वालिङ नगरपालिकामा आएर फलफुलको ब्यापार गर्दै आएका थिए ।तिनै हुम बहादुर  नेपालीको निधन भएसगैँ परिवार बिचल्लीमा परेकाले वालिङ नगरपालीकाको खेल मैदानमा निर्माण भएको सार्बजनीक शौचालयको एक खाली कोठामा उक्त परिवारले काजक्रिया गरेका मृतकका  आश्रीत परिवारको आर्थिक अवस्था अति नै दयनीय रहेको कारण हुदा स्याङ्जा सहयोग समाज कतारबाट रु १५ हजार तथा स्याङ्जा  सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिती बाट रु १० हजार जम्मा रु २५ हजार संयुक्त रुपमा परिवारलाइ  हस्तान्तरण गरेको सस्थाका कार्यबाहक अध्यक्ष घनश्याम अर्याल ले जनाए” l

 

सहयोग हस्तान्तरण कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्याल,स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियार तथा वालिङ ८ का वडा अध्यक्ष दामोदर तिवारी वार्ड सदस्य कविता परियार स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका संरक्षक खेम काफ्ले सल्लाहकार डोलराज डुम्रे सस्थाका केन्द्रिय सदस्य गुप्त गैह्रे, हिमलाल डुम्रे भिरकोट नगर इकाई कतारका सदस्य राम बहादुर थापा वालिङ उद्योग वाणिज्य संघ का अध्यक्ष शोभाकान्त पौडेल, समाजसेवि युबराज गौतम ,सिताराम अधिकारी,घनश्याम डुम्रे,लिल रनपाल र मोना थापा समेतको रहेको थियो  

त्यसैगरी, स्याङ्जा जिल्ला वालिङ् नगरपालिका वाड न २ का मृतक राजु परियारको कमजोर आर्थिक अवस्थालाई मध्ये नजरमध्यनजर गर्दै  मृतकको श्रीमती लाई नेरु १०००० आर्थिक सहयोग गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा  स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्याल , स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियार स्याङ्जा जिल्ला वालिङ २ का कार्यबाहक वाड अध्यक्ष नारायण प्रसाद रेग्मी तथा वाड सदस्य भिम बहादुर राना ,हिरादेबि ढुङ्गाना ,चित्र माया दमाई , सस्थाका केन्द्रिय सदस्य गुप्त प्रसाद गैह्रे, हिमलाल डुम्रे ख्याम नारायण रेग्मी लगायतको रहेको थियो l

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।