//

स्याङ्जा सहयोग समाज कतार द्वारा भिरकोट नगर इकाई को समन्वय मा २ जना पीडित हरुलाई आर्थिक सहयोग ।

479 पटक हेरिएको

स्याङ्गजा सहयोग समाज कतारले भिरकोट नगर इकाई को समन्वय आर्थिक सहयोग हस्तान्तरण गरेको छ l “स्याङ्गजा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना”भन्ने मुल नाराका साथ प्रवासमा साथै नेपालमा समेत दु:ख, पिडामा परेका नेपाली हरुलाई सहयोग गर्दै आएको  संस्थाले जिल्लाका दुई परिवारलाई  आर्थिक सहयोग हस्तान्तरण गरेको हो l

समाजका अध्यक्षको नेपाल बसाईको अवसर पारेर यति बेला पिडित हरुलाई उनीहरुकै घरमा पुगेर अध्यक्ष प्रकाश परिवारले सहयोग हस्तान्तरण गरेको कार्यबाहक अध्यक्ष घनश्याम अर्यालले विश्व पत्रालाई बताएका छन् l

भिरकोट नगर इकाईको समेत समन्वय रहेको आजको सहयोग भिरकोट नगर पालिका वडा न•६ वडा कार्यलयमा भिरकोट- ६ निवासी क्यान्सर बिरामी श्याम माया घर्ती लाई स्याङ्जा सहयोग समाज कतार बाट दश हजार र भिरकोट नगर इकाई कतार बाट पन्ध्रहजार – गरि पच्चीस हजार सहयोग गरेको छ भने आर्को भिरकोट-९ निवासी मृगौला बिमारी ठग माया बिक कि आमा प्रेम माया बिक लाई स्याङ्जा सहयोग समाज कतार माज कतार बाट दश हजार र भिरकोट नगर इकाई कतार बाट पन्ध्रहजार – गरि पच्चीस हजारनै सहयोग गरेको छl

औपचारिक हस्तान्तरण कार्यक्रम गर्दै हस्तान्तरण गरिएको कार्यक्रममा स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियार ज्युको अध्यक्षतामा साथै भिरकोट नगर पालिका वाड न ६ वाड अध्यक्ष लक्ष्मण खत्री प्रमुख अतिथ्यता मा अन्य सामाजिक ब्याक्तित्व तथा जनप्रतिनिधि हरुको उपस्थिति रहेको थियो जसमा , तिल बहादुर रोका वाड सदस्य लक्ष्मण अधिकारी भिरकोट नपा. ने.का. सभापति हर्क बहादुर रोका भिरकोट नपा. रा.प्र.पा. अध्यक्ष सुरेस रोका भिरकोट नगर इकाई कतार उपाध्यक्ष राम बहादुर थापा भिरकोट नगर इकाई कतार कार्यसमिति सदस्य हिमा रोका प्रकृति थापा, प्रविन परियार प्रशान्त परियार सुश्री ठग माया बिक निज विरामी को आमा सुश्री श्याम माया घर्ती क्यान्सर बिरामीको रोहबरमा दुई पिडितलाई जनही पचिच्स हजार सहयोग हस्तान्तरण गरिएको हो l

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।