/

२४ महिनामा २४ काम गर्ने बाचा सहित आरके शर्माद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

171 पटक हेरिएको

दोहा : २४ महिनामा २४ काम गर्ने बाचा सहित आरके शर्माद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् l गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि वर्तमान उपाध्यक्ष राजेन्द्र कुमार (आर.के.) शर्माले कर्मभूमि कतारबाट बुधबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । 

दोहास्थित र्‍याडिसन ब्लु होटलमा ‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मूल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र साथै सार्वजनिक गरेका छन् ।

शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए । यो योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने उनले दाबी गरे । 

घोषणा सभामा बोल्दै शर्माले आफु बिसुद्द समाजसेवा र एन आर एन ए को हितमा आफ्नो उमेदवारी दिएको बताउँदै आफुलाई कुनै राजनैतिक आखा बाट नहेरीदीन र सबैले एक भएर सहयोग गर्ने समेत एन आर एन ए अभियन्ता बैचारिक सस्थाका प्रमुख हरु साथै दोहामा स्थापित संघ सस्थाका प्रतिनिधि लाई अनुरोध गरे l कार्यक्रममा करिब २०० जना बढीको उपस्थिती रहेको थियो l

बाचापत्र सार्वजनिक गर्दै शर्माले भने, ‘मैले आइसिसीको उपाध्यक्ष भई कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाई हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ ।’

राम्रो एनआरएनए बनाउने सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर नेतृत्व लिने संकल्प लिएको भन्दै उनले सबैको साथ पाउनेमा विश्वास व्यक्त गरे ।

२४ बाचा मध्य आफ्नो पहिलो बाचा एनआरएनहरूबीच एकताः रहेको बताएका शर्माले २४ बाचा यसप्रकार प्रस्तुत गरेका छन् l

वैदेशिक रोजगार : दक्ष जनशक्ति, सुरक्षित वातावरण, हाम्रो नीति: सुधारौं श्रमिकको आर्थिक स्थिति, विपे्रषणको प्रयोग कहाँ, उत्पादनमूलक उद्यम हुन्छ जहाँ, एनआरएनएको निरन्तर खटन :‘‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन आफेनो बाचा पत्रमा उल्लेख गरेका छन् । सांगठनिक पुनर्संरचना : पहिला कार्यदलबाट गहन योजना, मानव संशाधन :सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासन :शून्य सहनशील स्वअनुशासन, एनआरएनए निर्वाचन : सबैले गर्न पाऊन् मतदान, आर्थिक कुटनीति : लगानी प्रबद्र्धन मुख्य नीति, गरौं उच्चतम् प्रयोग सूचना प्रविधि : हुन्छ विकास र समृद्धि, नेपाली रोजौं, नेपाली खोजौं : निर्यात बढाउन जोडतोडले लागौं नारासहितको कार्यक्रम आफ्नो बाचापत्रमा समेटेका छन् ।

यसैगरी गैरआवासीय सरोकार : जहाँ भए पनि नागरिकता र मताधिकार, नेपाल समृद्धिको दस्ता : गैरआवासीय दोस्रो पुस्ता, अबको समृद्धि :जगेर्ना गरौं भाषा र संस्कृति, एनआरएनए शक्ति : अधिकारसम्पन्न एनसीसी, विदेशमा सिकेको ज्ञान : देश निर्माण अभियान, देश विकासको बल : एक एनसीसी, हजार पर्यटक , घटाऔं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम, अग्रजलाई सम्मान :युवा परिचालन र विज्ञबाट ज्ञान, नेपाली धन, नेपाली श्रम :अबको उद्यम, समावेशी अभियान : महिला सदस्यलाई प्रोत्साहन, चुस्त व्यवस्थापन मुख्य सरोकार : बनाऔं प्रभावकारी सञ्चार र योजनाबद्ध कार्यान्वयन : न्यायपूर्ण कार्यसम्पादन मूल्यांकन नारासहितको आफ्नो कार्यक्रम अघि सारेका छन् ।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरे । हाल उनी संघको आइसिसी उपाध्यक्ष हुन् ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।