काठमाडौं । टी-२० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
चीनको हाङ्जाउमा जारी एसियाली खेलकुदमा भारतले दिएको २०३ रनको लक्ष पछ्याउँदै नेपालले २० ओभरमा १७९ रन जोडेको हो ।
क्वाटरफाइनलमा भारतले टस जितेर ब्याटिङ शुरु गरेको गरेको थियो । टस जितेर ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतक मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।