/

एनआरएनको सचिव पदमा कतारका होमनाथ शर्माको उम्मेदवारी

207 पटक हेरिएको

ग़ैर आवासीय नेपाली संघ (एनआरएनए)को सचिव पदमा कतारका होमनाथ शर्माले उम्मेदवारी घोषणा गरेका छन् । बिगत २६ बर्ष देखि वैदेशिक रोजगारिको शिलशिलामा कतारमा रहेका शर्मा एनआरएनएको वर्तमान सह-कोषाध्यक्ष छन् ।

एनआरएनएकर्मी विच इमान्दार र चर्चित रहेका शर्माले सुरक्षीत र मर्यादित वैदेशिक रोजगार, सामाजिक सुरक्षा कोषको सदुपयोग तथा बिदेशमा सिकेको ज्ञान्, सिप र आर्जेको धनको स्वदेशमा सदुपयोग गर्ने लगायतका योजना अघि सारेर सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘सम्मृद्ध नेपाल को परिकल्पना तथा एनआरएनएको खस्किएको साखलाई सुधार्नु पर्ने छ’, उम्मेदवारी घोषणा गर्दै शर्माले भने, ‘आम रूपमा दिगो एकता सहितको स्मार्ट एनआरएनए र श्रमिकलाई प्रत्यक्ष हित हुनेगरि सहयोग र उद्धार गर्नु पर्ने आवश्यकता छ ।’

एनआरएनएको परिभाषा भित्र पर्ने सबै नेपालीलाई फ्री सदस्यता, फ्रीमा सबै डेलिगटेसले आफ्नो नेतृत्व आफू भएकै ठाँउ बाट अनलाइन मार्फत प्रत्यक्ष नेतृत्व चयन गर्नु पर्ने लगायतका योजना आफ्ना रहेको शर्माले बताए ।

अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजका संस्थापक अध्यक्ष तथा संरक्षक समेत रहेका शर्माले उम्मेदवारी घोषणासँगै आफ्ना प्रतिवद्धता र उम्मेदवरी घोषणा गर्नुको मुख्य एजेण्डाहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेका छन् ।

अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा हुन लागेको संघको ११औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ l महाधिवेशनमा विश्वका ८० बढी देशबाट झण्डै ४२ सय एनआरएन प्रतिनिधिले ‘अनलाइन’ भोट हाल्दै छन् ।

गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा उम्मेदवारी घोषण गरेका शर्माका मुख्य एजेण्डाहरु :
१) सुरक्षीत र मर्यादित वैदेशिक रोजगार
२) सामाजिक सुरक्षा कोषको सदुपयोग
३) बिदेशमा सिकेको ज्ञान्, सिप र आर्जेको धनको स्वदेशमा सदुपयोग
४) सम्मृद्ध नेपालको परिकल्पना
५) NRN को खस्किएको साखलाई सुधार्दै आम रूपमा दिगो एकता सहितको Smart NRNA
६) श्रमिकलाई प्रत्यक्ष हित हुनेगरि सहयोग र उद्दार
७) NRN को परिभाषा भित्र पर्ने सबै नेपालीलाई फ्री सदस्यता , फ्रीमा सबै डेलिगटेस सबैले आफ्नो नेतृत्व आफू भएकै ठाँउबाट अनलाईन मार्फत प्रत्यक्ष नेतृत्व चयन
यसरी अरु थप बिस्तृत विषयहरु समेटेर छिट्टै मेरो घोषणा पत्र यहाँहरु समक्ष ल्याउने प्रतिबद्धता सहित पुन यहाँहरुको पुर्ण साथ र सहयोगको लागि हार्दिक अपिल गर्दछु ।
धन्यवाद
होमनाथ शर्मा
केन्द्रिय सचिब पदको उमेदवार

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।