दोहा-
काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको आगामी अक्टोबरमा सम्पन्न हुने निर्वाचनमा कतारका डेग बहादुर भारती सुमनले मध्यपूर्व यूवा उप-संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एन आर एन ए कतारको २०२१-२०२३ कार्सयकालमा युवा संयोजक को भूमिकामा काम गरेका भारती २००६ मा कतार प्रवेश गरेका थिए l २००७ मा नै एनआरएन एनसिसि कतारका पार्षद सदस्य बनेका उनि संग मितेरी फिल्म्स साँस्कृतिक समुहका अध्यक्ष, अन्तर्राष्ट्रिय साँस्कृतिक मँचका प्रथम उपाध्यक्ष रहेर काम गरेको अनुभव पनी छ ।
हाल चितवन युवा समुह कतारको अध्यक्ष रहेर काम गरेका उनि चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवास साँस्कृतिक संयोजक समेत रहेका छन ।
मध्यपूर्वमा रहेका नेपालीहरु माझ भइपरि आउने समस्याको समाधान सबैमिलेर गर्ने प्रतिबद्धता जाहेर गर्दै मध्यपूर्वमा रहेका सम्पूर्ण डेलीलिगेस्टहरुलाई सहयोगको लागी अपिल गरेका छन् l
भारतीले आफ्नो अफिल सामाजिक संजालमा यसरी पोस्ट गरेका छन्
आदरणीय गैरआवासीय नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लगायत स्वदेश तथा विदेशमा रहनु हुने सम्पूणर्मा हार्दिक नमस्कार ! गैरआवासीय नेपाली संघको दुई दशक लामो पवित्र अभियानका क्रममा सन् २००७ मा आवद्ध रहि निरन्तर रुपमा गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको विभिन्न जिम्मेवारीमा रहँदै २०२१-२०२३ कार्यकालमा यूवा संयोजकको भुमिका निर्वाह गरी कतार लगायत मध्यपूर्वमा रहेका यूवाहरु माझ निरन्तर सकृय रहेको यहाँहरुलाई अवगत नै छ ।
संघका विभिन्न परियोजनाहरुलाई मध्यपूर्वमा रहेका विभिन्न सामाजिक, सांस्कृतिक वैचारिक संगठनहरूसंग समन्वय गरी सांस्कृतिक, खेकुद तथा सचेतनामुलक कार्यक्रमहरुमा यूवा सहभागिता गराउने तथा विभिन्न कार्यक्रमहरुको संयोजकको निर्वाह गरी आर्थिक सामाजिक र सांस्कृतिक टेवा पुर्याउने प्रयास समेत गर्दै आएको व्यहोरा सर्वविदितै छ । यहाँहरुको सल्लाह, सुझाव, साथ, समर्थन र उत्प्रेरणालाई शिरोधार्य गर्दै झण्डै १३ वर्षे लामो अनुभवलाई मध्यपूर्वमा सदुपयोग गर्न र मध्यपूर्वमा रहेका तमाम श्रमिक यूवा साथीभाईहरुका साझा समस्याहरुलाई नजिकबाट बुझेर त्यसको समाधानका लागी सामुहिक रुपमा संस्थागत पहल गर्ने अठोटका साथ मैले गैरआवासीय नेपाली संघको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट सन् २०२३-२०२५ कार्यकालका लागी मध्यपूर्वको यूवा उप-संयोजक पदमा उम्मेदवारी घोषणा गर्ने निणर्य गरेको छु ।
यहाँहरुको अथाह माया, साथ र उत्प्रेरणाले अहिले सम्म जसरी निरन्तर सफलता प्राप्त गरेको छु, त्यसरी नै पुनः अभियानमा पदिय जिम्मेवारीको भुमिकामा रही कृयाशिल रहने सौभाग्य दिनुहुनेछ भन्ने पूर्ण आशा, भरोशा र विश्वासका साथ सम्पूर्ण मध्यपूर्वका अग्रज अभियन्ताहरू र सम्पूर्ण प्रतिनिधिहरूमा सहयोगका लागी हार्दिक अपील गर्दछु । म कुनै पदिय जिम्मेवारी नभए पनि यूवाहरुका समस्या, अवसर र चुनौतिहरुका माझ कृयाशिल रहने नै छु तथापी कार्य सम्पादनमा सहजताका लागि यहाँहरूले उक्त पदमा अनुमोदन गरीदिनु भयो भने तपशिलमा रहेका एजेण्डाहरुलाई केन्द्रमा राखेर थुप्रै साना, ठूला परियोजनाहरु सम्मन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
१) मध्यपूर्वमा रहेका नेपालीहरुका समस्या, संम्भावना र चुनौतिहरु पहिचान गरी प्रवासका श्रमिकहरुलाई समृद्धि बनाउन यूवाहरु माझ लोकप्रिय परियोजनाहरु निमार्ण गर्ने ।
२) वैदेशिक लगानी भित्राउन एवं विप्रेशनबाट आएको रकम मध्यबाट केहि प्रतिशत रकम यूवाहरुको लागि दिर्घकालिन योजना ल्याउन नेपाल सरकारसँग पहल गर्ने ।
३) वैदेशिक रोजगारका शिलशिलामा मध्यपूर्वमा आउने यूवाहलाई प्रारम्भिक तालीम दिएर दक्ष श्रमिकका रुपमा क्षमता वृद्धि गर्न गैरआवासीय नेपाली संघ मार्फ़त विशेष योजना ल्याऊन पहल गर्ने ।
४) मध्यपूर्वमा रहेर सिकेका शिपलाई स्वदेशमा सदुपयोग गर्न नेपाल सरकार र प्रदेश सरकारसंग आवश्यक संवाद गरी यूवाहरूलाई उत्प्रेरित हूने अभियान चलाउने ।
५) कुलतमा फसेका यूवाहरूलाई सचेतनामूलक कार्यक्रमहरू गरी विभिन्न देशहरूका स्थानीय क़ानून, संस्कार र संस्कृतिलाई सम्मान गर्न उत्प्रेरित गर्ने ।
६) नेपालका कला संस्कृतिहरूलाई प्रबर्धन गर्न र खेलहरूमा उत्प्रेरित गर्न मध्यपूर्व स्तरीय कार्यक्रमहरू गराऊन पहल गर्ने ।
७) यहाँहरूबाट आएका थप सल्लाह सुझावहरू समेतलाई समेटेर काम गर्ने प्रतिवद्धता व्यत्तल गर्दछु ।
डेग बहादुर भारती (सुमन) मध्यपूर्व यूवा उप-संयोजक पदको उम्मेदवार