/

सबै तिर प्रिय बन्दै उपाध्यक्षका उमेदबार राजु रेग्मी

200 पटक हेरिएको

दोहा — गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजु (राज) रेग्मी सबै तिर प्रिय बन्दै गएका छन् l एन आरएनए मध्यपूर्व युवा संयोजक हुँदै आईसीसी युवा उपाध्यक्षको जिम्मेवारी कुशलताका साथ निभाएका रेग्मी डेलिगेट्समाझ लोकप्रिय बन्दै गएका हुन्  ।

छ जना उपाध्यक्ष रहने आउदो एन आर एन ए को चुनाबी मैदानमा उपाध्यक्षका उमेदबार रेग्मी सबैका रोजाईका उपाध्यक्ष रहेको सामाजिक संजालमा पोस्ट भएका पोस्ट हरु र आकांक्षी अध्यक्षहरुको पोस्टर र लबिंगले प्रस्ट देख्न सकिन्छ l

एनआरएनएको चुनाब नजिकिदै जादा बिभिन्न देश बाट बिभिन्न पदका आकांक्षी हरुले उमेदवारी दिने घोषणा गरेका छन् l संस्थाको शुद्धीकरण र आर्थिक पारदर्शीतालाई प्रमुख एजेन्डाका रुपमा अघि सार्दै केही दिन अगाडी मात्र कर्मभुमि  कतारबाट एक कार्यक्रमको आयोजना गरी रेग्मीले २०२३–२५ कार्यकालका लागि उपाध्यक्षमा पदमा उम्मेदवारी दिने घोषणागरेका थिए l

अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा हुन लागेको संघको ११औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनमा विश्वका ८० बढी देशबाट झण्डै ४२ सय एनआरएन प्रतिनिधिले ‘अनलाइन’ भोट हाल्दै छन् ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।