/

झिनो अंकले बढ्यो नेप्से

213 पटक हेरिएको

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार ५.१६ अंकले बढेर १८९४.७६ विन्दुमा बन्द भएको छ । 

आज ३७ लाख ३३ जार ५२४ सेयरको एक अर्ब आठ करोड रुपैयाँमा कारोबार भएको छ ।

१३७ कम्पनीको सेयर मूल्य बढेको छ भने, ८५ कम्पनीको घटेको छ र १२ को स्थिर छ । सबैभन्दा बढी सिटी होटेल लिमिटेडेको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुमाउनेमा सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड रहेको छ । यसको सेयर मूल्य ४.२१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै मान्डु हाइड्रोपावर लिमिटेडको रू चार करोड ८० लाख ९० हजार आठ सय १६ बराबरको किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको एक लाख ६६ हजार सात सय २९ कित्ता शेयर किनबेच भएको छ ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।