काठमाडौं,नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको काठमाडौंमा भएको एक भेलाले मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उहाँको टिमलाई सहयोग गर्न आब्हान गरेको छ ।
नेपाली जनसम्पर्क समिति काठमाडौंमा भएको भेलाले अध्यक्षमा श्रेष्ठलाई समर्थन गर्न आब्हान गरेको हो
भेलामा जनसंपर्कका शुभेच्छुकहरुको सहभागिता थियो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको ११औँ महाधिवेशनका लागि श्रेष्ठसहित चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । काठमाडौंको सोल्टी होटेलमा सुरु महाधिवेशन आउँदो शुक्रबारसम्म चल्नेछ ।
दुई दिन तेस्रो विश्व ज्ञान सम्मेलनपछि नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ । महाधिवेशनमा चार हजार २२७ मतदाता छन् ।

