अब निर्वाचनमा गठबन्धन गरे पार्टी फुट्ने गगनको संकेत 

151 पटक हेरिएको

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा गठबन्धन भए पार्टी पार्टी फुट्ने संकेत गरेका छन् ।  प्रेस युनियन काठमाडौंले बिहीबार आयोजना गरेको चियापान कार्यक्रममा उनले अबको चुनावमा गठबन्धन नबन्ने बताए । 

“गठबन्धन गरेर ०८४ को निर्वाचनमा गए कांग्रेस पार्टी एक रहँदैन । कसैले नसोचे हुन्छ,” उनले भने, “हामी गठबन्धन गरेर अबको चुनावमा जादैनौँ ।”

उनले चुनावपछि मात्र गठबन्धन गर्ने र सरकार जसले चलाउने हो निश्चित समय उसलाई एक्लै चलाउन दिने बताए ।  उनले वाग्मती प्रदेशमा पनि माओवादी नेतृत्वको सरकारलाई नमान्ने भन्दै सांसदहरू आफूकहाँ आएको सुनाए । आफूले सभापतिलाई सोध्नुस् भनेको सुनाए । 

“वाग्मती प्रदेशमा माओवादी मान्दिन हामीसँग यति सांसद छन् । सरकार फेर्नु पर्‍यो भन्दै बिहान आउनुभयो । मैले यसलाई धेरै थाहा छैन सभापति र वरिष्ठ नेताहरूलाई सोध्नुस् भने,” उनले भने ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।