/

वैदेशिक रोजगारीमा रहेकालाई अहिले सम्मकै धेरै कित्ता हिमालयन रि–इन्स्योरेन्सको आईपीओ २१ कात्तिकदेखि खुल्दै

340 पटक हेरिएको

काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई हिमालयन रि–इन्स्योरेन्सको आईपीओ २१ कात्तिकदेखि खुल्दै छ l कम्पनीले अहिले सम्मकै धेरै कित्ता कूल निष्काशनको १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गर्न लागेको हो । 

कम्पनीले चुक्ता पूँजी १० अर्ब रुपियाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपियाँको आईपीओ सर्वसाधारणलाई बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको थियो । 

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार  कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपियाँ प्रिमियम थप गरेर रु. २०६ मा आईपीओ जारी गर्न लागेको हो । 

इच्छुक लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा गएकाहरुका लागि शेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्काशन खुला गर्ने कम्पनीले जनाएको छ । 

हिमालयन रि–इन्स्योरेन्स नेपालमा खुलेको दोस्रो पुनर्बीमा हो भने पूर्णरुपमा निजी क्षेत्रको लगानी रहेको पहिलो पुनर्बीमा कम्पनी हो । कम्पनीको संस्थापक सेयरधनीमा नेपालको व्यवसायिक घरानाहरु छन् । सञ्चालक समितिको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा छन् ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।