काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको छ ।नेपालले हङ्कङलाई लगातार दुई खेलमा पराजित गरेर फाइनलमा पुगेको हो । नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सक्यो ।
त्यसअघि, मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको थियो
कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङसँगै लयमा फर्किएको नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको हो । नेपालको पारी सम्हालेका कुशल मल्ल र ऐरीले १४५ रनको साझेदारी गरे ।
मल्लले ९२ रन र ऐरीले ५७ रन बनाएका थिए । यस्तै, आसिफ सेखले २० रन र कप्तान रोहित पौडेलले ११ रन बनाए ।