/

स्याङ्जा सहयोग समाज भिरकोट नगर इकाई द्वारा “गरिब तथा जेहेन्दार विद्यार्थी सहयोगार्थ” सांस्कृतिक कार्यक्रम गर्दै

405 पटक हेरिएको

दोहा : स्याङ्जा सहयोग समाज भिरकोट नगर इकाईको आयोजनामा आउदै गरेको महान चाडपर्व बिजय दशमी, शुभ दिपावली,छठ तथा नेपाल सम्बतको पावन अबसरमा शुभकामना आदानप्रदान सहित “गरिब तथा जेहेन्दार विद्यार्थी सहयोगार्थ” विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

स्याङ्जा सहयोग समाज भिरकोट नगर इकाई को चाहना विशुद्ध सामाजिक सेवाको भावना भन्ने मुल नारा लिएर स्याङ्जा सहयोग समाज कतार (केन्द्र) को मातहतमा रहि विभिन्न उद्देश्य राखी स्वदेश तथा विदेश (प्रवास) मा विभिन्न उद्देश्यले रहनु भएका जिल्ला बासी तथा भिरकोट नगर बासी साथै सम्पुर्ण जन हरुको दुख पिडामा सहयात्री बनी सामाजिक कार्यमा सक्रियताका साथ अगाडि बढ्ने हेतुले सन 2017 मा स्थापित स्याङ्जा सहयोग समाज भिरकोट नगर इकाई कतारद्वारा स्याङ्जा सहयोग समाज कतारको समन्वयमा कार्यक्रम गर्न लागि रहेको हो ।

कार्यक्रम यहि १० नोभेम्बर २०२३ शुक्रबारका दिन सनैयाँ स्थित (अलतिय) मा रहेको फुलवारी रेस्टुरेन्टको सभाहलमा संस्थाका बरिस्ठ सल्लाहकार मान ब. के.सी ( दिपक) को संयोजकमा हुन गइ रहेको र कार्यक्रम को पुर्ण तयारी भएको जानकारी संस्थाका अध्यक्ष लिल ब. रोका बाट प्राप्त भएको छ।

यस संस्थाले आफ्नो मातृ संस्थाको नारा लिएर बिशुद्द सामाजिक भावना राखेर आफ्नो जन्म भुमी, जिल्ला तथा नगरपालिकाका प्रत्येक वडामा रहेका , दुखी पीडित, निम्म आयश्रोत भएका, गरिब तथा जेहेन्दार विद्यार्थी हरुको शिक्षालाई गुणस्तरीय बनाउनका लागि आर्थिक,शैक्षिक सामाग्री तथा दैवीप्रकोपमा परेका, दुर्घटनामा परि अङ्गभङ्ग भएका, विविध प्राणघातक रोग लागि उपचारमा परिवारको निम्न आर्थिक स्थितिलाई सहायता गर्दै, घरपरिवार लाई रहत दिदै मानवीय सेवाको कार्य गर्दै आइरहेको छ । 

कार्यक्रम आयोजना गर्नुको मुख्य उदेश्य धार्मिक सहिष्णुता कायम राख्ने, स्नेह मिलनको साथमा भाइचाराको भाव सहित आफ्नो धर्म संस्कृतिलाई जोगाउदै नेपाली जनहरुको महान पर्व हरुलाई एकैसाथ समेटी उक्त अबसरमा शुभकामना आदानप्रदान साटासाट गर्दै नेपाली पञ्चेबाजाको साथमा टीका जमरा ग्रहण ,देउसी भैलो खेलि मनोरञ्जन प्रदान गरि यस कार्यक्रममा संकलित आर्थिकले नगरपालिकामा रहेका निम्न आयश्रोत भएका गरिब तथा जेहेन्दार विद्यार्थी हरुलाई सहयोग गर्ने उदेश्य राख्दै यो कार्यक्रम को आयोजना गरिएको हो ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।