दोहा : कतारमा रहेको नेपाली राजदूतावासमा आवेदन दिनु भएका आवेदकहरु मध्ये राजदूतावासले प्रकाशन गरेको सूचीमा नाम भएका 5,826 जनाको ईपासपोर्ट तयार भई आएको कतारस्थित नेपाली राजदूतावासले आफनो आधिकारिक वेबसाइटमा सूचना जारी गरेको छ ।
पुरानो राहदानी, राजश्व तिरेको सक्कली नगद रसिदमा लेखेर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । राहदानी तयार भएका व्यक्तिहरुको नामवली सूची यहाँ क्लिक गरेर हेर्नुहोस् ।