/

दशैँपछि पहिलो कारोबार दिन सेयर बजार २८ अंकले घटेर बन्द

186 पटक हेरिएको

काठमाडौं । बडादसैँको १० दिन बिदापछि आइतबार खुलेको सेयर बजार मापक नेप्से परिसूचक २८.१८ अंकले घटेर बन्द भएको छ । यही कात्तिक २ गतेपछि खुलेको बजार १.४८ प्रतिशतले घटेर १८७५.६५ विन्दुमा बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन ७४ करोड २९ लाख रुपैयाको सेयर कारोबार भएको छ । कात्तिक २ गते ९७ करोड ६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आइतबार सर्वाधिक सेयर मूल्य घट्नेमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ३१५ रुपैयाँ कायम भएको छ । यो कम्पनीको ६ हजार ४५९ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

सर्वाधिक सेयर मूल्यवृद्धि अपर सोलु हाइड्रोइलेक्टिक कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य ८.९९ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता २६९ रुपैयाँ २० पैसा कायम भएको छ ।

कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । २८३ धितोपत्रको २७ लाख १२ हजार १२३ कित्ता खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।