/

कतार नेपाली एकता समाजले देउसी भैलो खेल्ने

186 पटक हेरिएको

दोहा : कतार नेपाली एकता समाजको आयोजनामा “देउसी भैलो” कार्यक्रम हुने भएको छ ।

दोस्रो महान चाड तिहारको अवसरमा पारेर यहि आउदो नोभेम्बर 10 तारिक शुक्रबारको दिन “रक्तिम कलाकार” हरुको विशेष प्रस्तुतिमा देउसी भौलो” कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष राम प्रसाद पराजुलीले बताउनु भयो । 

सनैया स्थित ग्रान्डमहलमा रहेको सेन्चुरी रेस्टुरेन्टमा हुने भैलो कार्यक्रममा कतारमा रहनु हुने सम्पुर्ण बुवा आमा दाजुभाइ दिदिबहिनी लगायत सम्पुर्ण लाई उपस्थिति भै कार्यक्रम सफल बनाउन कतार नेपाली एकता समाजले आग्रह गरेको छ । 

प्रवासमा रहेरपनि समाजले हरेक बर्ष देउसी भैलो खेल्दै नेपाली कला संस्कृतिको जगेर्ना गर्न अहम भुमिका खेलेको छ । त्यसैगरि प्रवासमा रहेका नेपाली श्रमिक हरुको हक अधिकारको निम्ति अग्रपंक्तिमा रहदै आएको एकता समाजले देश तथा बिदेशमा कुनै पनि समस्यामा परेका नेपाली नागरिक हरुलाई आर्थिक नैतिक भौतिक सहयोग पनि गरिरहेको छ ।

साथै नोभेम्बर 10 तारिक शुक्रबारको दिन कार्यक्रम नजुदाई दिनुहुन सम्पूर्ण संघसस्था हरुलाई एकता समाजले आग्रह पनि गरेको छ

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।