/

नेप्सेकोआरालो यात्रा कायमै 

169 पटक हेरिएको

काठमाडौँ । नेप्सेकोआरालो यात्रा कायमै कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज नेप्से ५.८३ घटेर १८५८.५६ को बिन्दुमा कायम भएको छ । २९६ धितोपत्रको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँमा किनबेच भएको छ । 

सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ३५९.९५ को बिन्दुमा झरेको छ । १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ । 

लगानी उपसमूहको समूहगत सूचक ०.०८ प्रतिशतले बढेको छ । सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.३९ प्रतिशतले बढेको छ भने सोनापुर मिनिरल्सको सेयर मूल्य सर्वाधिक ७.९९ प्रतिशतले घटेर प्रतिकित्ता २३४.८० रुपैयाँमा कायम भएको छ ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।