काठमाडौँ । नेप्सेकोआरालो यात्रा कायमै कायमै देखिएको छ । दशैंपछि मात्रै बजार ५६ अंक घटिसकेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम बढेको छ । आज ९६ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ८१ करोड २० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
आज सर्वाधिक सेयर मूल्य सायपत्री हाइड्रोपावर लिमिटेडको घटेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ५०२ रूपैयाँ २० पैसा कायम भएको छ ।
सर्वाधिक सेयर मूल्य वृद्धि चन्द्रागिरी हिल्स लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य ६.०४ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता एक हजार १२४ रुपैयाँ कायम भएको छ ।
आज होटल तथा पर्यटन र उत्पादत तथा प्रशोधन समूहको सेयर मूल्य वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।
आज २८१ धितोपत्रको ३७ लाख ४९ हजार ९५४ कत्ता खरिद–बिक्री भएको छ ।